विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैँ । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासन गर्नको लागि विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ । आयोगले फागुन १५ गते कम्पनीलाई हकप्रद निष्कासनको लागि पूर्व स्वीकृति दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १:०.५ अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।  कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । 

 कम्पनीले आयोजनाको नियमित मर्मत संभार गर्न, भुक्तानी बाँकी हिसाब परफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्न साथै लगानीका स्रोतहरू पहिचान गर्दै रोजगारी र्सजना गरी राष्ट्रिय पुँजी वृद्धि गर्न आवश्यक पर्ने रकम हकप्रद मार्फत जुटाउने निर्णय गरेको जनाइएकाे छ ।

कम्पनीले कोशी प्रदेशकाे इलाम जिल्लामा ४.९६ मेगावाटको पुवा-२ जलविद्युत् आयोजना निर्माण सम्पन्न सञ्चालन गरिरहेकाे छ । आयोजनाले मंसिरदेखि नियमित विद्युत् उत्पादन तथा बिक्री गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३