विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एक दर्जन जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी तथा सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएका छन् । निजी लगानीमा निर्माणाधीन तथा निर्माण सम्पन्न भई सञ्चालनमा आएका जलविद्युत आयोजनाका  प्रवर्द्धक कम्पनीले ३ करोड ४९ लाख ४९ हजार २९ कित्ता साधारण सेयर निष्कासनको तयारी गरेका हुन् । 

सबै कम्पनीले प्रतिकित्ता सय रुपैयाँ मूल्यमा साधारण सेयर निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सेयर निष्कासनको अनुमतिका लागि आवेदन दिएका केही जलविद्युत कम्पनीले वर्षौंसम्म पनि स्वीकृति पाउन सकेका छैनन् । सबै प्रक्रिया पूरा भइनसकेकाले यो कम्पनीले अझै स्वीकृति पाउन सकेको छैन ।

आवेदन दिने मध्ये सबैभन्दा बढी साधारण सेयर ग्रीन भेन्चर कम्पनीको रहेको छ । कम्पनीले ६२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले रामेछापमा निर्माण सम्पन्न ५२.४ मेगावाटकको लिुख–४ जलविद्युत आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।

प्रतिकित्ता सय रुपैयाँमा अंकित ६२ करोड ५० लाख रुपैंया बराबरको साधारण सेयर निष्कासन अनुमतिका लागि बोर्डमा गत फागुन २७ गते आवेदन पेश गरेको कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले रामेछापको लिखु तामाकोसी गाउँपालिकास्थित लिखु खोलामा निर्माण सम्पन्न गरेको आयोजनाले गत ६ गतेदेखि उत्पादन सुरु गरेको छ ।

यस्तै, सयपत्री हाइड्रो पावर कम्पनीले ९ करोड रुपैयाँ मूल्यको ९ लाख कित्ता साधारण सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले बागलुङमा सञ्चालित २.५ मेगावाटको दरमखोला जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गर्न अनुमतिका लागि गत फागुन २० गते आवेदन दिएको हो ।

कम्पनीले स्थानीयका लागि ३ लाख कित्ता र ६ लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआइबीएल एसीइ क्यापिटलाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले बागलुङमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको आयोजनाले २०७३ असार १२ गतेदेखि नियमीत विद्युत उत्पादन गरिरहेको छ ।

मोलुङ हाइड्रोपावर कम्पनीले ३५ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन अनुमतिका लागि गत साउन १ गते आवेदन दिएको छ । कम्पनीले ओखलढुङगामा सञ्चालित ७ मेगावाटको मोलुङ खोला जलविद्युत आयोजनाको सर्वसाधारण र आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरिएको छ । कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको आयोजनाले २०७४ चैत्र २३ गतेदेखि नियमीत विद्युत उत्पादन गरिरहेको छ ।

रिभर फल्स पावर कम्पनीले ३४ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले संखुवासभामा निर्माणाधीन १०.३ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीले निर्माण गरीरहेको आयोजनाको काम आधाभन्दा बढी पूरा भएको छ । २०७० फागुनमा नै उत्पादन अनुमति लिई अघि बढेको आयोजनाबाट २०७९ साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

थ्रिस्टार हाइड्रोपावर कम्पनीले पनि १२ लाख ३१ हजार २ सय ५० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन अनुमतिका लागि बोर्डमा गत साउन १७ गते आवेदन दिएको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न हिमालयन क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रकसनले पनि सर्वसाधारण र स्थानीयका लागि २९ लाख ४१ हजार ४ सय १० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन अनुमतिका लागि बोर्डमा गत भदौ ८ गते आवेदन दिएको थियो । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटलाई बिक्री प्रबन्धक तोकिएको छ । बोर्डबाछ स्विकृत पाए लगतै सेयर निष्कासन गरी बाँडफाँड गर्ने बिक्री प्रबन्धकले जनाएको छ ।

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले ३३ लाख ७ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सोलुखुम्बुको सोलु खोलामा निर्माण सम्पन्न २३.५ मेगावाटको सोलु खोला जलविद्युत आयोजनाको सर्वसाधारण र स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

निष्कासन हुने सेयरमध्ये १३ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ । बाँकी १९ लाख  ५७ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका  लागि छुट्याइएको छ । कम्पनीले सेयर निष्कासन तथा बाँडफाँड गर्न एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

अप्पर हेवा खोला हाइड्रोपावर कम्पनीले संखुवासभामा निर्माणाधीन ८.५ मेगावाटको माथिल्लो हेवा खोला साना जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको २० लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरिएको छ । कम्पनीले निर्माण गरीरहेको आयोजना अन्तिम चरणमा पुगेको छ ।

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ लाख कित्ता सेयर निष्कासन गर्न सानिमा क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।  हिमालयन हाइड्रोपावर कम्पनीले पनि स्थानीय र सर्वसाधारणका लागि छुट्याएको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । यो कम्पनीले बोर्डमा आवेदन दिएको १ वर्ष नाघिसकेको छ । कम्पनीले २०७६ असोज २७ गते आवेदन दिएको थियो ।

बलेफी हाइड्रोपावर कम्पनीले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४४० कित्ता साधारण सेयर निष्कासन गर्दैछ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन ३६ मेगावाटको अप्पर बलेफी ‘ए’ जलविद्युत आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले गत फागुन २५ गते बोर्डमा आवेदन दिएको थियो ।

सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । निर्माणाधीन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । यो आयोजनाबाट चालू आर्थिक वर्षभित्र विद्युत उत्पादन सुरु गर्नेछ ।

दोर्दी खोला जलविद्युत कम्पनीले २९ लाख ५१ हजार ९ सय २९ कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले लमजुङमा निर्माणाधीन १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर सिद्धार्थ क्यापिटल लिमिटेडले निष्कासन गरी बाँडफाँड गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit