विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक २०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलविद्युत् अहिले देशको मुख्य लगानीको क्षेत्र बनेको छ । सरकारसँगै निजी लगानीकर्ता यसमा आकर्षित हुँदै आएका छन् । एकातिर, जलविद्युत् उत्पादनमा निजी क्षेत्रको आकर्षण छ । जसले अहिलेसम्म ७७२ मेगावाट बिजुली प्रणालीमा जोडेको छ । उता २५००–३००० मेगावाटका आयोजना निर्माणको विभिन्न चरणमा छन् । यो आकर्षण निकै आशा लाग्दो तरिकाले बढिरहेको छ ।

जसरी जलविद्युत् विकासमा निजी क्षेत्र आकर्षित छ त्यसरी नै त्यहाँ इमान्दारिता, पारदर्शिता र जवाफदेहिताको कमी देखिन्छ । केहीलाई छोडेर अधिकांश प्रवर्द्धकहरू बैंकको पैसा, साना प्रवर्द्धक र साधारण सेयर किन्ने सर्वसाधारणको पैसामा खेलिरहेको देखिन्छ । धेरै जलविद्युत् कम्पनीभित्र आर्थिक पारदर्शिता, सुशासन र व्यवस्थापन छैन ।

यो वास्तविकता हुँदा हुँदै अहिले पुँजी बजारमा जलविद्युत् कम्पनीको साँढे यसरी उचालिएको छ । जुन जो कसैका लागि आश्चर्यको विषय बनेको छ । वार्षिक ५–१० प्रतिशतसम्म पनि प्रतिफल दिन नसक्ने कम्पनीको सेयर अहिले ३०० देखि ५०० रुपैयाँ हाराहारीमा पुगेको छ । जबकि, ६–७ महिना अगाडि तिनको बजार मूल्य ४०–५० रुपैयाँमा झरेको थियो ।

करिब ६ महिना अगाडि पुँजी बजारमा जलविद्युत् कम्पनीको सेयरको दुरावस्था थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा ४० कम्पनी सूचीकृत छन् । ती मध्ये ७० प्रतिशत कम्पनीको सेयर मूल्य सय रुपैयाँभन्दा तल थियो । बजारमा ‘अब जलविद्युत् कम्पनीको भविष्य सकियो’ भन्ने टिप्पणी भइरहन्थ्यो । आज तिनै कम्पनीको मूल्य एकाएक उचालिएको छ ।

६ महिना अगाडि चिलिमे, सानिमा समूह लगायत केही राम्रा कम्पनीको बजार मूल्य ३०० देखि ६०० रुपैयाको हाराहारीमा थियो । आज पनि यिनको मूल्य धेरै माथि जान सकेको छैन । तर, कमजोर कम्पनी जहाँ आर्थिक पारदर्शिता छैन, प्रतिफल दिन सक्दैनन् र सीमित व्यक्तिको मात्र मनपरी छ त्यस्ता कम्पनीको मूल्य आकासिएको छ ।

यी घटनाले फेरि पुँजी बजारमा केही ‘सीमित व्यक्तिको हालीमुहाली हुन्छ । तिनैले बजार उचाल्ने र पछार्ने गर्छन्’ भन्ने कुरा पुष्टि भएको छ । पुँजी बजारका केही दलाल वा माफियाले नै यसलाई जहिल्यै आफ्नो पकडमा राखिरहेका हुन्छन् भन्ने पनि छर्लङ्ग भएको छ । एउटा हल्ला फैलाउने मूल्य घटाउने र अधिकांश सेयर उठाउने फेरि अर्को हल्ला फिँजाउने मूल्य बढाउने र बेचेर अकुत कमाउने तिनको नियत पनि स्थापित भएको छ ।

बजारमा खराब कम्पनीहरूको बाहुल्यता बढ्दै गएको र लगानीकर्ताले पनि त्यसको विश्लेषण नगरी हाम फल्दा जलविद्युत्को बजार उचालिएको ऊर्जा उद्यमी ज्ञनेन्द्रलाल प्रधानले बताए । ‘नियामक निकायले बजारमा कसैको सेयर किन कसैको नकिन भन्न सक्दैन,’ उनले भने, ‘यसमा लगानीकर्ताले नै ध्यान पुर्याउनुपर्छ ।

जलविद्युत् कम्पनीको सेयर चाहिने भन्दा बढी उचालिएको हुँदा यसको संकेत सकारात्मक नरहेको प्रधानको विश्लेषण छ । पुँजीगत दायित्व नबढेको, बैंकको ऋणसमेत मुश्किलले तिरिरहेको र प्रतिफल निकै कम रहेका कम्पनीको सेयर मूल्य अचाक्ली बढेको छ । यसलाई अल्पकालीन बजारमा खेलेर साना लगानीकर्ता डुबाउने खेल भन्छन्, प्रधान ।

जलविद्युत् आयोजना उत्पादन अनुमतिपत्र लिएको ३५ वर्षपछि निशुल्क सरकारलाई हस्तान्तरण गर्नुपर्छ । अनुमतिपत्र लिएपछि ५ देखि १० वर्ष निर्माण गर्नै लाग्ने गरेको छ । २५ वर्षमध्ये करिब १० वर्ष बैंकको ऋण तिर्ने लाग्छ । बाँकी रहेको १५ वर्षमात्र कम्पनीहरूले कमाउने हुन् ।

सुरुदेखि नै आर्थिक पारदर्शिता कायम गर्दै, विद्युत्गृहमा जडान हुने उपकरणको गुणस्तरीयता, निर्माणको निरन्तर नियमन तथा अनुगमन गर्दा आयोजना राम्रो बन्छ । निर्माण पूरा हुने वित्तीकै पटक–पटक मर्मत गरिरहनु पर्दैन । कम लागतमा आयोजना बन्छ र यसले बैंकको ऋण तिर्दै लगानीकर्तालाई प्रतिफल दिन सक्छ ।

जस्तै, पछिल्लो वर्ष माउन्टेन इनर्जी कम्पनीले म्याग्दीमा निर्माण गरेको ४२ मेगावाटको मिस्ट्री खोला प्रतिमेगावाट १३.४३ करोड रुपैयाँ पूरा भएको छ । कम्पनीको व्यवस्थापन पनि राम्रो रहेको र आर्थिक पारदर्शिता एवं सुशासनमा ख्याल गरिएकोले यसको बजार मूल्य आइतबार ८३० रुपैयाँ थियो ।

तर, वर्षमा ५ प्रतिशत प्रतिफल दिन नसक्ने, सुशासन भद्रगोल रहेका, बैंकको ऋण तिर्नै धौधौं भइरहेका र ६ महिना अगाडि सय रुपैयाँभन्दा कम मूल्य रहेका रुरु, रिडी हाइड्रो पावर जस्ता कम्पनीको भाउ आज १००० भन्दा माथि जानु विडम्बना हो । यो जलविद्युत् विकासका लागि घातक रहेको प्रधानले दोहोर्याए ।

‘जलविद्युत् कम्पनीको भविष्य छैन, वर्तमान पनि खासै छैन । किनकि, कसैले प्रतिफल नै दिन सकिरहेका छैनन्,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने, ‘कम्पनीका मान्छेले चलाएको हल्ला र सेयर माफियाकै कारण अस्वभाविकरूपमा मूल्य बढिरहेको देखिन्छ ।’ अधिकांश कम्पनीको आम्दानी, वित्तीय अवस्था तथा नाफा/नोक्सानको विवरण हेर्दा अहिलेको बजार मूल्यलाई समर्थन नगर्ने उनले बताए ।

कम्पनीहरूले ४–४ महिनामा आफ्नो वित्तीय विवरण सार्वजनिक गर्ने हुँदा यो पक्ष हेरेर वा विश्लेषण गरेरमात्र बजारमा लगानी गर्नुपर्ने पराजुलीको सुझाव छ । कम्पनीको कमजोर वित्तीय तथा आर्थिक अवस्था देख्दा–देख्दै लगानी गर्ने व्यक्ति आफैं समस्यामा पर्ने उनको भनाइ छ ।

बजारमा एउटाले अर्कोलाई फसाउने खेल भइरहेको हुन्छ । एउटा लगानीकर्ताले आफू ‘जोगिन्छु’ भन्ने सोच्छ तर ऊ पनि अर्को दलालबाट फसिसकेको हुन्छ । पछिल्लो समय चिलिमे, सानिमा समूह लगायत केही कम्पनी मात्र लगानीका लागि योग्य मानिन्छन् । तर, यी कम्पनीको बजार मूल्य ६ महिना यता यथास्थिति जस्तै छ ।

गत वर्ष मनसुन राम्रो हुँदा खोलामा पानीको बहाब सन्तुलित रहेको र यसले ऊर्जा उत्पादनमा राम्रो परिणाम देखिएको हुँदा यस वर्ष जलविद्युत्को सेयर उकासिएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियरले बताए । ‘अहिले बैंकको ब्याज एक अंकमा छ, यसबाट मात्र धेरै कम्पनीहरूले कमाउने आधार बनाएका छन्,’ उनले ऊर्जा खबरसँग भने, ‘बैंक ब्याज सस्तो हुँदा निर्माणाधीन कम्पनीको लागत ४० प्रतिशतसम्म सस्तो पर्न गएको छ ।’

उल्लेखित कारणले समेत जलविद्युत्को सेयरमा अहिले सुधार देखिएको रौनियरको भनाइ छ । यद्यपि, जलविद्युत् सबै सेतो सुन नहुने हुँदा बजारको विश्लेषण गरेर र कम्पनीको वित्तीय अवस्था अध्ययन गरेरमात्र लगानी गर्नुपर्ने उनको सुझाव छ । ‘भोलि भाउ घट्यो भने पनि मुनाफाबाट कमाउँछु भन्ने सोचेर सैद्धान्तिक पक्षको समेत अध्ययन गरेर लगानी गर्नुपर्छ,’ उनले थपे ।

अहिले जलविद्युत् कम्पनीहरूको सेयर मूल्य ‘चितामाथिको दियो’ जस्तै देखिएको प्रधानको टिप्पणी छ । यसले मध्यम खालका लगानीकर्तालाई डुबाउने पनि उनले निक्र्योल निकालेका छन् । किनकि, अधिकांश लगानीकर्ता हल्लाको पछाडि दगुरिरहेको देखिन्छ ।

रिडी, रैराङ, आँखु, बरुण, छ्याङ्दी, दिव्यश्वरी लगायत कम्पनीको सेयर ६ महिना अगाडि सय रुपैयाँ वा त्यो भन्दा पनि कम थियो । केहीको त प्रतिसेयर मूल्य ४० रुपैयाँमा झरेको थियो । यी कम्पनीको बजार मूल्य अहिले औसत प्रतिसेयर मूल्य ३ सय रुपैयाँ भन्दा माथि छ । जुन अस्वभाविक हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३