काठमाडौँ । धितोपत्र बोर्ड नेपाल (सेबोन) ले हिमस्टार ऊर्जा कम्पनीलाई प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि स्वीकृति दिएको छ । कम्पनीले ११ करोड १९ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्ने अनुमति पाएको हो ।
अनुमति अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ लाख ९९ हजार कित्ता आइपिओ बिक्री खुला गर्ने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआइसी एसिया क्यापिटलले पाएको छ ।
कम्पनीले सेयर निष्कासनका लागि २०८० साल जेठ ३१ गते सेबोनमा आवेदन दिएको थियो । आवेदन दिएको करिब २ वर्षपछि अनुमति पाएको हो ।कम्पनीले सोलुखुम्बुमा ५ मेगावाटको बुकु कपटी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेको छ ।