काठमाडाैं । पिपुल्स पावर कम्पनीको सेयर कारोबार आइतबार (असाेज ३० गते) बाट सुरु भएको छ । कम्पनीको पहिलो कारोबार २८४.१० रुपैयाँमा खुला भएको हो ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले पिपुल्सको पहिलो कारोबारका लागि न्यूनतम ९४.९६ रुपैयाँ देखि अधिकतम २८४.८८ रुपैयाँ ओपनिङ रेन्ज तोकेकोे थियो । सोही रेन्जको अधिकतम विन्दुबाट सेयर कारोबार हुने भएको हो ।
कम्पनीका अनुसार प्रभावित क्षेत्रका स्थानीयका लागि १० प्रतिशत अर्थात ६ लाख ३२ हजार ६ सय कित्ता, सर्वसाधारण, लगानीकर्ता, शेयरधनी, सामूहिक लगानी कोष र कर्मचारीहरुलाई समेत ३९ प्रतिशत अर्थात २४ लाख ६७ हजार ४ कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५१ प्रतिशत अर्थात ३२ लाख २६ हजार शेयर समेत गरी जम्मा ६३ लाख २६ हजार कित्ता साधारण सेयर शुत्रबार सूचीकृत भएको हो ।