विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतको केन्द्रीय विद्युत प्राधिकरण (सिइए) का अनुसार अहिलेसम्म त्यहाँ कूल जलविद्युत सम्भाव्यताको २९ प्रतिशतमात्र उत्पादन भएको छ । पछिल्लो अध्ययनले भारतमा जलविद्युत उत्पादनको सम्भाव्यता १ लाख ४५ हजार ३२० मेगावाट रहेको उल्लेख गरेको छ ।

उक्त तथ्यांकको आधारमा भारतमा जलविद्युत उत्पादन जम्मा ४२ हजार १०५ मेगावाटमात्र उत्पादन भएको देखिन्छ । तर, भारतको विद्युत मन्त्रालयको वेब साइटमा भने जलविद्युत उत्पादन जडित क्षमता ४६ हजार ८५० मेगावाट उल्लेख छ । सिइएका अनुसार कूल सम्भाव्यताको १०.३ प्रतिशत अर्थात् करिब १५ हजार मेगावाटका आयोजना निर्माणाधीन रहेका छन् ।

अन्तर्राष्ट्रिय जलविद्युत संघ (आइएचए) को तथ्यांकसँग तुलना गर्दा अमेरिकाले कूल क्षमताको ८० प्रतिशतभन्दा बढी र युरोपियन युनियनले आफ्नो सम्भाव्यताको ७० प्रतिशत उत्पादन गरिसकेको छ । अहिले भारत विश्वमै बढी जनसंख्या भएको मुलुकको सूचीमा पुगेको हुँदा यहाँका आर्थिक गतिविधि र विद्युत उत्पादनका आयामलाई समेत चासोका साथ हेरिँदै आएको छ ।

त्यहाँको विद्युत मन्त्रालयले पर्याप्त जलविद्युत उत्पादन हुन नसक्नुमा दुर्गम निर्माणस्थल, कल्पनै गर्न नसकिने भौगोलिक जटिलता, प्राकृतिक प्रकोपहरू, वातावरण र वनका समस्या, पुनर्बास तथा पुनस्र्थापना, कानुनी झन्झट एवम् अन्तरराज्य समन्वय अभाव जस्ता कारण जिम्मेवार रहेको औंल्याएको छ ।

सिइएले २५ मेगावाटभन्दा ठूला आयोजनालाई मात्र आधार मानेर सन् १९७८ देखि १९८७ सम्म अध्ययन गरी कूल सम्भाव्यता १ लाख ४५ हजार ३२० मेगावाट निकालेको थियो ।

सरकारी अध्ययनअनुसार जलविद्युत उत्पादनका लागि अरुणाचल सबैभन्दा बढी सम्भाव्यता (५०,०६४ मेगावाट) भएको राज्य हो । यसपछि, १८,४७० मेगावाट उत्पादनको सम्भाव्यता रहेको हिमाञ्चाल प्रदेश औंल्याइएको छ । यस्तै, गुजरात, मध्यप्रदेश, पञ्जाब र तामिलनाडु जस्ता राज्यले अध्ययनमा क्षमताभन्दा बढी आयोजना जोडिएको दाबी गरेका छन् ।

निर्माणाधीन जलविद्युत क्षमताको सबैभन्दा ठूलो हिस्सा २९.४ प्रतिशत आन्ध्र प्रदेश र २६.८ प्रतिशत जम्मु काश्मीरमा रहेको छ । भारतमा ४७४५.६ मेगावाटका ४ पम्प स्टोरेज आयोजना सञ्चालनमा रहेका छन् भने २७८० मेगावाटका पम्प स्टोरेज आयोजना निर्माणाधीन छन् ।

भारत सरकारले पछिल्लो समय निरन्तर पम्प स्टोरेज जलाशय जलविद्युत आयोजना विकासका लागि अनेक प्रवद्र्धनात्मक कार्यक्रम घोषणा गरिरहेको छ । यसका लागि सरकारले छुट्टै निर्देशिका समेत जारी गरिसकेको जनाएको छ । पम्प स्टोरेज आयोजनाले ग्रिडको स्थायित्व कायम गर्नुका साथै विद्युतको उच्च माग आपूर्ति गर्न मुख्य भूमिका खेल्ने अध्ययनहरूले देखाइरहेका छन् ।

भारत सरकारले जलविद्युत विकासमा लिएका केही रणनीतिक पहलहरू

१. २५ मेगावाटभन्दा माथिको क्षमतालाई ठूला आयोजनाको रूपमा घोषणा ।

२. जलविद्युतलाई नवीकरणीय ऊर्जा खरिदभित्र अलग्गै खरिद प्रावधानको व्यवस्था गर्ने ।

३. राष्ट्रिय आवश्यकतालाई महसुस गरी जलविद्युत आयोजनाको महसुल घटाउने ।

४. जलविद्युत आयोजना विकास गर्न राज्यले विशेष बजेटरी कार्यक्रम ल्याउने तथा सडक, पुल निर्माण र बाढी नियन्त्रणमा सहयोग गर्ने ।

५. नयाँ जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत प्रवाह गर्न अन्तरराज्यीय प्रसारण प्रणालीको शुल्कमा छुट दिने ।

एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३