images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बेइजिङ । चीनले नवीकरणीय ऊर्जा उत्पादकहरूबाट सिधै विद्युत खरिद गर्न ग्राहकहरूलाई प्रोत्साहन गर्ने भएको छ । प्रदुषण फैलाउने कोइला प्लान्टको विद्युतलाई नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन भएको विद्युतले प्रतिस्थापन गर्न अन्तर प्रान्त स्तरसम्म ग्राहकलाई ऊर्जा उत्पादकबाट खरिद गर्न पाउने अवसर दिने भएको हो ।

सुरुवातमा ऊर्जा उत्पादकबाट सिधै विद्युत खरिद गर्ने र पहुँच बढ्दै गएपछि विस्तारै थोक उपभोक्ता र विद्युत बिक्रेताहरूलाई पनि जोड्दै लैजाने योजना रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयसर्टले जनाएको छ । रोयटर्सका अनुसार त्यहाँको राष्ट्रिय विकास और सुधार आयोग (एनडिआरसी) ले प्रान्तिय ग्रिड कर्पोरेशनलाई पठाएको जवाफमा अन्तर प्रान्त विद्युत व्यापार गर्न सकिने बताएको हो ।

प्रान्तिय ग्रिड कर्पोरेशनले अन्तर प्रान्त विद्युत व्यापारको मस्यौदा एनआरडिसीमा पेश गरेको थियो । चीन विश्वको सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने राष्ट्र हो । सन् २०३० सम्ममा कार्बन उत्सर्जन उच्च सीमामा पुग्ने देखिएकाले नवीकरणीय ऊर्जाको खपत बढाउन जोड दिँदै आएको छ ।

चीनले कूल जडित क्षमताको ६० प्रतिशत विद्युत कोइलामा आधारित थर्मल प्लान्टबाट उत्पादन गर्दै आएको छ । चीनको पश्चिमी क्षेत्रमा मात्रै नवीकरणीय ऊर्जाको उत्पादन बढी रहेकाले अन्तर प्रान्तिय विद्युत व्यापारलाई प्रोत्साहन गरिएको हो ।

सन् २०२० मा  ५ खर्ब ५८ अर्ब ७५ करोड किलोवाट घन्टा अन्तर प्रान्तिय विद्युत व्यापार भएको थियो । यो चीनको कूल विद्युत व्यापारको १७.६ प्रतिशत रहेको एनडिआरसीले जनाएको छ । विश्वमै बढी कार्बन उत्सर्जन गर्ने चीनलाई नवीकरणीय ऊर्जाकाे उत्पादन बढाउन दबाव छ ।

काेइला अभावमा ऊर्जा संकट झेलेकाे चीनमा विद्युत अभावमा उद्याेगहरूकाे उत्पादन ४४ प्रतिशतसम्म कटाैती हुन पुगेकाे छ । उद्याेगकाे उत्पादन कम हुँदा यसकाे असर विश्व बजारमा परिरहेकाे छ ।

राेयटर्सबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit