विद्युत अपडेट

  • प्राधिकरण : ७९९८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८८ मे.वा.घन्टा
  • निजी क्षेत्र : मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २०९५६ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६४८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८५९ मे.वा.
२०८२ साउन २९, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बेइजिङ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बेइजिङस्थित नेपाली राजदूतावासको भ्रमण गरेका छन् । साङ्घाई सहयोग संगठनको पाँचौँ ऊर्जा मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाइसकेपछि उनले दूतावासको भ्रमण गरेका हुन् ।

भ्रमणका क्रममा मन्त्री खड्काले दूतावासका पदाधिकारीसँग भेटघाट गरी दूतावासको वर्तमान अवस्था, हालका गतिविधि र समस्याबारे विस्तृत छलफल गरेका छन् ।

छलफलका क्रममा राजदूतावासका तर्फबाट कार्यसुविधा, जनशक्ति र स्रोतको अभाव लगायतका विषय प्रस्तुत गरिएको थियो । मन्त्री खड्काले उल्लिखित समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयसँग आवश्यक पहल गर्ने र समन्वय गरिने आश्वासन दिएका छन् । 

चीन भ्रमणका दौरान मन्त्री खड्काले बेइजिङमा आयोजित नेपाली पर्यटन व्यवसायीहरूको ट्रेड फेष्टमा समेत सहभागिता जनाए । उनले पर्यटन व्यवसायीहरूसँग अन्तर्क्रिया गर्दै नेपाली पर्यटन र व्यवसाय प्रवर्द्धनका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३