विद्युत अपडेट

  • प्राधिकरण : ९८८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८८१२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २२३९७ मे.वा.घन्टा
  • आयात : ३७८० मे.वा.घन्टा
  • निर्यात : ३०५२ मे.वा.घन्टा
  • ट्रिपिङ : २०४० मे.वा.घन्टा
  • ऊर्जा माग : ४६९१८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२१२ मे.वा.
२०८२ जेठ २३, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
हरित हाइड्रोजन विकासमा विश्वैक चुनाैती

सिड्नी । अस्ट्रेलियामा प्रस्तावित एक प्रमुख हरित हाइड्रोजन हब स्थापना गर्ने परियोजना अनिश्चिततामा फसेको छ । त्यहाँको क्विन्सल्यान्ड राज्य सरकारले परियोजनाका लागि उपलब्ध गराउने भनी प्रतिबद्धता गरेको झण्डै ४० मिलियन अमेरिकी डलरको लगानी स्थगित गर्ने निर्णयसँगै परियोजना अन्योलमा फसेको हो । न्यून कार्बन उत्सर्जन गरी जापान र सिंगापुर जस्ता देशलाई नवीकरणीय ऊर्जा उपलब्ध गराउने महत्त्वाकांक्षी लक्ष्यसहित क्विन्सल्यान्ड राज्यको मध्य–भागमा स्थापना गर्ने गरी उक्त हरित हाइड्रोजन परियोजना निर्माणको प्रस्ताव गरिएको थियो । प्रतिबद्धताबाट पछि हट्ने राज्य सरकारकाे साेमबार साँझकाे याे निर्णयले देशकै नवीकरणीय ऊर्जा उत्पादन तथा निर्यातको लक्ष्यमाथि चुनाैती थपेकाे बुझिएको छ ।

प्रदेश सरकारको यो निर्णयबारे अस्ट्रेलियाली संघीय सरकारका जलवायु परिवर्तन मन्त्री क्रिस बोवेनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो निर्णय अश्चर्यजनक र निराशापूर्ण छ । हरित हाइड्रोजनले अस्ट्रेलियाको मौलिक शक्तिलाई सहयोग पुर्‍याउँछ  । हामी अस्ट्रेलियासहित वैश्विक स्तरमा ऊर्जा तथा प्रशोधनको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने हरित हाइड्राेजनसहितका नवीकरणीय ऊर्जा विकासकाे प्रतिबद्धताप्रति अडिग छौँ ।’

राज्य सरकारको सहयोग तथा समर्थनबिना अब याे हाइड्रोजन हब परियाेजना अघि बढ्न सक्छ कि सक्दैन भने अनिश्चित भएकाे छ । प्रतिबद्धताबाट पछि हट्ने राज्य सरकारको निर्णयपछि मन्त्री बोवेनले भनेका छन्, ‘अब यस परियोजनामा संलग्न पक्षहरूबीचको यो व्यावसायिक निर्णय हुने छ ।’

जापनाको इवातानी कर्पोरेशन र मरुबेनी कर्पोरेशन, कान्साइ इलेक्ट्रिक पावर कम्पनी, सिङ्गापुरको केप्पल इन्फ्रास्टक्चर र स्टान्वेल कर्पाेरेशन यस परियोजनाका साझेदार कम्पनी साझेदार हुन् । आयाेजनामा १ सय १७ मिलियन अमेरिकी डलरकाे लागत अनुमान गरिएकाे थियाे । 

यो परियोजना विश्वकै शीर्ष १० हाइड्रोजन हब मध्येको एक हुने अपेक्षा गरिएको थियो । यस हाइड्रोजन हबले सन् २०३० देखि दैनिक ८०० टन हरित हाइड्रोजन उत्पादन गर्ने लक्ष्य राखिएको थियो । यो परिमाण हाल अस्ट्रेलियाका ढुवानी, यातायात तथा निर्माणका क्षेत्रमा प्रयोग हुने ठूला सवारी साधनले प्रयोग गर्ने इन्धनभन्दा दोब्बर हो । त्यस्तै, यस परियोजनाबाट तत्काल ९ हजार रोजगारी सिर्जना हुने र ३० वर्षे परियोजना सञ्चालन अवधिभर १७.२ बिलियन डलरबराबरको हाइड्रोजन विदेश निर्यात गर्ने लक्ष्य राखिएको थियो । 

यद्यपि, क्विन्सल्यान्ड राज्यका प्रवक्ता भन्छन्, ‘हरित हाइड्रोजनका लागि आवश्यक पूर्वाधार तथा सिपिङ सुविधा (पानी जहाजमार्फत ढुवानीको सुविधा) विकासका लागि सयौँ मिलियन अमेरिकी डलर लगानी आवश्यक हुन्थ्याे ।’

अस्ट्रेलियाली सरकारले देशभर ७ वटा हाइड्रोजन हब निर्माण गर्ने योजना अघि सारेको छ । सौर्य प्यानल तथा वायु टर्वाइनहरूबाट चल्ने ती हाइड्रोजन हबहरूमा पानीलाई इलेट्रोलाइसिस विधिबाट हाइड्रोजन र अक्सिजन छुट्याउने र त्यस्तो हबबाट उत्पादन हुने हरित हाइड्रोजनलाई तरल रूपमा विदेश निर्यात गर्ने योजना छ । त्यस्तो, हरित हाइड्रोजन स्टिल उद्योग जस्ता ठूला उद्योगहरूमा वातावरणमैत्री इन्धनको रूपमा प्रयोग गर्न सकिने छ । जापान, जर्मनी, सिंगापुर तथा अन्य राष्ट्रहरू हाल हरित हाइड्रोजन इन्धनको भरपर्दो आपूर्तिप्रति निकै उत्सुक छन् । 

हरित हाइड्रोजन विकास र विस्तारको प्रतिवद्धता तथा उत्सुकता हुँदा हुँदै पनि यसकाे व्यवस्थापन तथा बजारीकरणका लागि हुने प्राविधिक तनाव तथा लगानी लगातका कारण जटिल बनेको छ । 

फलस्वरुप, ‘अपेक्षाभन्दा निकै ढिलो हाइड्रोजनको विश्व बजार विस्तार भइरहेको’ कारण देखाउँदै अस्ट्रेलियाली युटिलिटी कम्पनी ओरिजिन इनर्जीले निर्माणका लागि प्रस्ताव गरेको हाइड्रोजन परियोजना गत अक्टोबरमा मात्रै स्थगित गरेको थियाे । त्यस्तै, गत महिनामात्रै खानी उद्योगका अर्बपति एन्ड्र्यु फोरेन्टले यस्तै खालको हरित हाइड्रोजन परियोजना स्थगित गरेका थिए । 

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले गत वर्ष भनेको थियो, ‘माग र नियमनको अनिश्चितता, आर्थिक लगानीको अभाव तथा अनुमतिसँग सम्बन्धित मुद्दाहरूका कारण हरित हाइड्रोजनका धेरै परियोजनाहरू रद्द भएका छन् ।’ (एजेन्सीकाे सहयोगमा)

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३