विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

रसुवा। बागमती प्रदेश अन्तर्गत रसुवा जिल्लाकाे सान्जेन खोलामा १३५ मेगावाट भन्दा बढी क्षमताका जलविद्युत आयोजना निर्माण भइरहेका छन् । सान्जेन जलविद्युत कम्पनी लिमिटेड र सला सुंगी प्रालि मार्फत ती आयोजना निर्माण भइरहेका हुन् ।

निर्माणाधीनमध्ये सान्जेन जलविद्युत कम्पनी अन्तर्गत दुई (४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लाे सान्जेन)  र सला सुंगी मार्फत एउटा (७८ मेगावाटकाे सान्जेन खाेला) आयाेजना निर्माण भइरहेका छन् ।

उल्लिखित आयाेजनाहरूमध्ये सान्जेन र माथिल्लाे सान्जेनकाे निर्माण अन्तिम चरणमा पुगेकाे छ ।  ९९ प्रतिशत निर्माण पूरा भएकाे माथिल्लाे सान्जेनबाट यही चैतभित्र र ९६ प्रतिशत निर्माण पूरा भएकाे सान्जेनबाट २०८० असारभित्र विद्युत उत्पादन हुने कम्पनीले जानकारी दिएकाे छ । 

माथिल्लो सान्जेनकाे २०६९ भदौ ७ गते उत्पादन अनुमतिपत्र लिई निर्माण प्रक्रिया अघि बढाइएको थियो । यस्तै, २०६८ मंसिर १२ गते उत्पादन अनुमति पाएकाे सान्जेनकाे इलेक्ट्रो मेकानिल, हाइड्रो मेकानिकल उपकरण जडानलगायतका काम भइरहेकाे छ । कुनै अवरोध नभए निर्धारित तालिकाभित्रै विद्युत उत्पादन गरिने कम्पनीले जनाएकाे छ ।

दुवै आयाेजनाबाट यसअघि नै विद्युत उत्पादन गर्ने तालिका थियो । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले गर्दा चिनियाँ भन्सार नाकाबाट उपकरण आयातमा अवरोध भई आयात ढिला हुँदा उत्पादन प्रभावित भएकाे हाे । दुवै आयोजनाका इलेक्ट्रो मेकानिकल उपकरणहरूको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिकहरू पनि चीनबाट नेपाल आउन नसक्दा करिब २ वर्ष काम प्रभावित भएकाे थियो ।

यी दुवै आयाेजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको चिलिमे हब सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ५.९ किलोमिटर लामो प्रसारण लाइनको काम पूरा भएको छ  ।

सान्जेन ५ अर्ब २ करोड ४२ लाख र माथिल्लो सान्जेन २ अर्ब २१ करोड ८० लाख रुपैयाँमा पूरा गर्ने लक्ष्य रहेकाे छ । तर, निर्माण प्रक्रियामा भएकाे ढिलाइ, डलरको मूल्यवृद्धि र मुद्रास्फूर्ति लगायत कारणले गर्दा आयोजनाको लागत बढ्न सक्ने कम्पनीले अनुमान छ ।

यस्तै, सान्जेन खाेलामा पहिचान भएकाे सबै भन्दा ठुलो ७८ मेगावाटको सान्जेन खोला पनि निर्माणाधीन छ । कम्पनीले याे आयोजनाकाे उत्पादन अनुमतिपत्र २०७३ असार ९ गते लिई निर्माण प्रक्रिया अघि बढाइएको हाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit