विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको आन्तरिक परीक्षण भइरहेको छ । पिपुल्स हाइड्रो पावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको परीक्षण भइरहेको हो ।

आयोजनाको बाँध, विद्युतगृह, सुरङमार्ग सबै क्षेत्रको काम पुरा गरी उपकरण जडानसमेत सम्पन्न गरेर आन्तरिक परीक्षण गरेको कम्पनीले जनाएको छ । अहिले सुरुङलगायताका संरचनाको परीक्षण भइरहेको छ । बाँध र डिसान्डरमा पानी भर्ने काम पनि भइरहेको छ ।

आयोजनाको उपकरण जडान, सुरुङको परीक्षण पूरा भएपछि फागुन मसान्तदेखि उत्पादन परीक्षण र चैतदेखि व्यवसायीक उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले सार्वजनिक गरेको चाुल आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको वित्तिय विवरणमा उल्लेख छ ।

आयोजनाबाट यसअघि २०७८ फागुनभित्र उत्पादन गर्ने लक्ष्य थियो । गत असार १ गते राति दोर्दी खोलामा आएको भीषण बाढीले पहुँच सडक तथा आयोजनाको संरचनामा ठूलो क्षति पुर्याउँदा तालिका प्रभावित भएको हो । पछिल्ले तालिकाअनुसार २०७९ फागुनभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ ।

आयोजना सम्पन्न  भएपछि उत्पादन हुने विद्युत दोर्दी कोरिडोर प्रसारण लाइनको  किर्तीपूर सबस्टेसनमा जोडिनेछ । आयोजनाको पहिलो तालिकाअनुसार २०७६ फागुनदेखि नै विद्युत उत्पादन गर्ने तालिका भए पनि भूकम्प, नाकाबन्दी, दोर्दी खोलामा आएको भीषण बाढीको क्षति तथा कोभिड–१९ महामारीको असरले निर्माण प्रभावित हुँदा धकेलिँदै गएको हो ।

कोभिड–१९ को नियन्त्रण गर्न गरिएको लकडाउन र निशेधाज्ञाका कारण निर्माण सामाग्री आयात गर्न नसक्दा तथा कामदार अभावले आयोजनाको निर्माण ६ महिनासम्म सुस्त बनेको थियो । अवस्था सहज हुँदै गएपछि मात्रै फेरि निर्माणलाई गति दिन सकेको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न ८ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिए पनि निर्माण अवधि लम्बिँदा केही बढ्ने देखिएको कम्पनीले जनाएको छ । विद्युत उत्पादन अवधि लम्बिँदा तथा विदेशी विनिमयदरमा भएको वृद्धिले लागत बढ्ने देखिएको छ ।

आयोजनामा सानिमा बैंकको अगुवाइमा ९ वटा बैंकले ५ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । २ अर्ब ४९ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानीे छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लाबासीको २७ करोड रुपैयाँ लगानी छ । सुरुमा यो आयोजना ४९.६ मेगावाट क्षमतामा निर्माण गर्ने तय भएको थियो । पछि आयोजनाको स्तरोन्नति गरेर क्षमता ५४ मेगावाट पुर्याइएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit