विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ २, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सिन्धुपाल्चोकमा ३.५६ मेगावाटको देवढुङ्गा चाकुखोला आंशिक जलाशययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । देवढुङ्गा मालिका हाइड्रो पावर कम्पनी प्रालिले उक्त आयोजना निर्माण गर्नेगरी अघि बढाएको हो । यसका लागि अनुमति पत्रको माग गर्दै कम्पनीले आवेदन दिएको विद्युत् विकास विभागले बुधबार सूचना प्रकाशित गरेर जानकारी गराएको छ ।  

जिल्लाको भोटेकोसी गाउँपालिका वडा नम्बर ४ र ५ मा अवस्थित देवढुङ्गा र चाकुखोला समेतको पानीलाई प्रयोग गरेर आयोजना निर्माण गरिने भएको हो । आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन तयार भइसकेको छ । प्रतिवेदन अनुसार दुई खोलामा बाँध बाँधेर पानी लगि विद्युत् उत्पादन गरिने छ । आयोजनाको देवढुङ्गा खोला हेडवर्क्स , हेडरेस पाइप, इन्लेट जस्ता संरचना भोटेकोशी गाउँपालिकाको वडा नम्बर ४ सिन्धुपाल्चोकमा रहने छ । 

त्यस्तै आयोजनाको चाकुखोला हेडवर्क्स, हेडरेस पाइप, हेडपोण्ड, पेनस्टक पाइप, विद्युत् गृह र टेलरेस भोटेकोशी गाउँपालिकाको ५ नम्बर वडामा निर्माण गर्ने गरी प्रस्ताव गरिएको छ । 

आयोजनाबाट वार्षिक १९.८२ गिगावाट आवर विजुली उत्पादन हुने छ । आयोजनाको बिजुली ३३ केभीको ८ किलोमिटर लामो प्रसारण लाइनमार्फत बाह्रबीसे सबस्टेशनमा जोडिने छ । आयोजनाबाट २०८५ सम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । 

यस आयोजनाबाट कुनै उल्लेखनीय वातावरणीय प्रभाव पर्ने देखिए प्रथमपटक सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विद्युत् विकास विभाग वा कम्पनीसमक्ष लिखित रायसूझाव पेश गर्न कम्पनीले सरोकारवाला सबैमा आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३