विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
उज्यालोले जोड्यो सुस्तालाई; सय किलोवाटको सौर्य मिनी ग्रिड सञ्चालनमा, २६६ घरधुरी लाभान्वित

परासी (सुस्ता) । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको प्राविधिक एवं आर्थिक सहयोग, तराई मधेश समृद्ध कार्यक्रम र सुस्ता गाउँपालिकाको आर्थिक सहयोगमा नारायणी नदी पारी सुस्तामा सय किलोवाटको सौर्य मिनी ग्रिड आयोजना सञ्चालनमा आएको छ ।

उज्यालो नेपालको लक्ष्य पूरा गर्ने उद्देश्यअनुसार उक्त मिनी ग्रिड निर्माण गरिएको थियो । निर्माण पूरा भएको आयोजना बुधबार (मंसिर १७ गते) राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरे ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले सीमा समस्याका कारण हामी सबैलाई दुखिरहेको सुस्तालाई सौर्य मिनी ग्रिडमार्फत उज्यालो प्रदान गरी मलमपट्टी लगाउन सकिएको भन्दै खुसी व्यक्त गरे । ‘सुस्ताको समस्या बुझेर सौर्य मिनी ग्रिड निर्माण गर्न मैले निरन्तर पहल गरेको थिएँ,’ उनले भने, ‘छोटो समयमै आयोजना सम्पन्न भयो । अब सुस्तालाई विकासको नमुना बनाइनेछ ।’

नारायणी नदीमा झोलुङ्गे पुल, होमस्टे, सामुदायिक भवन, विद्यालय जस्ता समग्र क्षेत्रको विकास गरिने तिमिल्सिनाले बताए । त्यस्तै, नदी कटान नियन्त्रण, अन्य आर्थिक गतिविधिका विषयमा विशेष ध्यान दिइने उनको भनाइ थियो । नागरिकता वितरण, आवास निर्माण जस्ता काममा विशेष जोड दिइने उनले दोहोर्याए ।

यसैगरी, कार्यक्रममा पूर्वमन्त्री लालबाबु पण्डितले तराई मधेश समृद्धि कार्यक्रममार्फत मिनी ग्रिड योजना निर्माण पूरा भएकोमा खुसी व्यक्त गरे । ‘संघीय मामिला तथा स्थानीय विकास मन्त्री छँदा मैले यस परियोजनाका लागि १ करोड ७५ लाख रुपैयाँ विनियोजना गरेको थिएँ,’ उनले भने, ‘अब यहाँ झोलुंगे पुललगायत पूर्वाधार निर्माणमा जोड दिनुपर्छ ।’

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सुस्तालाई यस प्रदेशले विशेष महत्त्वको क्षेत्रमा राखेको बताए । ‘यस क्षेत्रको विकासका लागि एकीकृत योजना ल्याइएको छ’, उनले भने ।

केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले विश्वस्तरीय स्मार्ट प्रविधि प्रयोग गरी निर्माण गरिएको यस आयोजनाबाट विद्युत साथै अन्य उद्योगधन्दा सञ्चालन गर्न सकिने बताए । ‘भविष्यमा ऊर्जा अपुग भए थपसमेत गर्न सकिनेछ, मोबाइलबाटै आयोजनाबारे जुनसुकै स्थानबाट जानकारी लिन सकिन्छ,’ उनले भने, ‘यस क्षेत्रमा मिनी ग्रिडको साथै ८ वटा सौर्य सिँचाइ पम्पसमेत जडान गरिएको छ ।’

आयोजनाबाट सुस्ता गाउँपालिका ५ का २६६ घरधुरीमा विद्युतीकरण भएको छ । केन्द्रले राष्ट्रिय प्रशारण लाइन पुर्याउन कठिन हुने देशका विभिन्न भागमा आगामी २ वर्षभित्र विद्युत् पुर्याउने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा जारी श्वेतपत्रमा उल्लेख छ । यस कार्यक्रममार्फत विद्युत् पुग्न बाँकी देशका सबै क्षेत्रमा सौर्य मिनी ग्रिड निर्माण गरिने पनि अधिकारीले बताए । चालू आर्थिक वर्षमा विद्युतीकरण हुन बाँकी ९७ स्थानीय तहमा २०० मिनी ग्रिड आयोजना कार्यान्वयन गर्ने योजना छ ।

कूल ४ करोड ८० लाख ९२ हजार २ सय ६८ रुपैयाँ लागतमा पूरा भएको आयोजनामा केन्दको अनुदान २ करोड ८८ लाख ५५ हजार ३६१ रुपैयाँ (६० प्रतिशत), तराई मधेश समृद्धि कार्यक्रमको १ करोड ७५ लाख रुपैयाँ (३६ प्रतिशत) तथा गाउँपालिकाको १७ लाख ३६ हजार ९०७ रुपैयाँ (४ प्रतिशत)  लगानी छ ।

राष्टिय प्रशारण लाइनको पहुँच नपुग्दा सुस्तावासी अहिलेसम्म अन्धकारमा थिए । नेपाल र भारतको सिमानामा रहेको सुस्तामा नारायणी नदीका कारण राष्ट्रिय प्रशारण लाइन पुर्याउन असहज हुँदा यहाँका नागरिक वर्षौदेखि टुकीको भरमा जीवन बिताउन बाध्य थिए ।

नेपाल–भारतको सीमामा अवस्थित सुस्ता गाउँपालिका विद्युत्को पहुँचबाट टाढा रहेको हुँदा यसको अन्त्य गर्न यस मिनी ग्रिडले महत्त्वपूर्ण भूमिका खेल्नेछ । २०७६ कात्तिक ६ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आयोजनाको शिलान्यास गरेका थिए । आयोजनाको निर्माण टपसन इनर्जी प्रालिले गरेको हो ।

सुस्ताको कूल ४०,००० हेक्टर भूभागमध्ये १४००० हेक्टर अतिक्रमित भएको छ भने १९००० हेक्टर विवादास्पद भूमिको रूपमा रहेको छ । हाल जम्मा ७००० हेक्टर भूभाग मात्र नेपालको अधिनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit