विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काभ्रेपलाञ्चोकको डाँडापारिस्थित दक्षिणी क्षेत्रमा अवस्थित महाभारत गाउँपालिकाको ३२०० घरधुरीमा केन्द्रीय प्रणालीको विद्युत सेवा पुर्याएकाे छ । ‘उज्यालो अभियान कार्यक्रम’ अन्तर्गत महाभारतका सबै घर परिवारमा विद्युत सेवा पुर्याइएको हो ।

गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ नम्बर वडामा पुर्याएको केन्द्रीय विद्युत प्रसारण लाइनको उद्घाटन मंगलबार (बैशाख २६ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले आगामी नीति, कार्यक्रम तथा बजेटमा आउँदो दुई वर्षभित्र प्रत्येक घरमा बिजुलीको व्यवस्थापन गरिसक्ने घोषणा गरे ।

‘नेपाली लोडसेडिङको युगबाट विद्युत बिक्री गर्ने युगमा आइसकेका छ, म केही समयपछि भारत भ्रमणमा जाँदा विद्युत बिक्री र उत्पादनका विषयमा छलफल गरी सम्झौता समेत गर्नेछु’, उनले भने ।

हाल ९५ प्रतिशत घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत जोडिई उज्यालो उपभोग गरिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘दुई प्रदेश पूर्ण विद्युतीकरण भइरहेको र अबको केही महिनामा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा पूर्ण विद्युतीकरण घोषणा गर्ने तयारी भइरहेको छ’ उनले भने ।

स्थानीय जनप्रतिनिधिले अवस्थामा महाभारत गाउँपालिकामा बिजुलीको मागपत्र पेश गरेपछि तत्कालीन नेकपाको सरकारले १ अर्ब ५६ करोड रुपैयाँ रकम विनियोजन गरी विद्युतीकरणको काम सुरु गरिएको थियो ।

केन्द्रीय प्रसारण लाइन नभएका कारण उक्त गाउँपालिकामा उद्योग कलकारखाना सञ्चालन गर्न नसकिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले बताए । उनका अनुसार यसअघि गाउँपालिकामा लघु जलविद्युत, सोलार तथा अन्य वैकल्पिक उपायबाट घरमा बत्ती बाल्दै आइएको थियो, अब केन्द्रिय प्रणालीको बिजुली जोडिएसँगै दैनिकी सहज भएको छ ।

गाउँपालिकाले घरमा जडान गर्ने मिटर खरिदका लागि एक हजार अनुदान उपलब्ध गराएको पनि उनले बताए । पालिका अन्तर्गत ३३०० घरधुरी छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit