विद्युत अपडेट

  • प्राधिकरण : ६२७९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३८०२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२२४ मे.वा.घन्टा
  • आयात : १२६५७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३४९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८४५२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७७ मे.वा.
२०८१ चैत १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बाली (इन्डोनेसिया) । नेपालका ३ जलविद्युत् आयोजनाहरूलाई ‘दिगो विकास जलविद्युत् (हाइड्रो पावर सस्टेनिबिली)’ को रूपमा प्रमाणीकरण (­सर्टिफाइड) गरिएको छ । ‘इन्डोनेसियाको बालीमा अन्तर्राष्ट्रिय हाइड्रो पावर एसोसिएसन (आइएचए) द्वारा आयोजित विश्व जलविद्युत् सम्मेलन (वर्ल्ड हाइड्रो पावर कंग्रेस) का अवसरमा नेपालका ३ जलविद्युत् आयोजनाहरु ‘सर्टिफाइड’ भएका हुन् । उक्त ३ दिने सम्मेलन उद्घाटन सत्रका अवसरमा आज (कात्तिक १४ गते) आयोजनाहरु सर्टिफाइड भएका छन् । 

ऊर्जा डेभलपर्स प्रालि अन्तर्गतको सामलिङ पावर लिमिटेडले निर्माण गरी सञ्चालन गरिरहेको ९.५१ मेगावाटको माई बेनी जलविद्युत् केन्द्रलाई ‘गोल्ड सर्टिफिकेसन’ प्रदान गरिएको छ । यस्तै, निर्माण प्रक्रियामा रहेका दुई आंशिक जलाशय आयोजनाहरू ११०.२० मेगावाटको अप्पर चुवा लुरुप्या खोला र ९८.१७ मेगावाटको चुवा खोलालाई ‘सर्टिफाइड’ गरिएको छ ।

सोही क्रममा, ब्राजिलको ३७५० मेगावाटको जिराउ र क्यानडाको १२४८ मेगावाट क्षमताको इस्टमेन–१ जलविद्युत् केन्द्रलाई समेत ‘गोल्ड सर्टिफिकेसन’ प्रदान गरिएको छ ।

कार्यक्रममा माई बेनीका तर्फबाट ऊर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले ‘गोल्ड सर्टिफिकेट’ ग्रहण गरे । त्यस्तै, अप्पर चुवा खोलाका तर्फबाट प्रवर्द्धक कम्पनी बिजबेल इनर्जी प्रालिका संस्थापक सुशील पोखरेल र चुवा खोलाका तर्फबाट सोही कम्पनीका सञ्चालक सुदर्शन पोखरेलले ‘सर्टिफिकेट’ ग्रहण गरेका छन् । 

सर्टिफिकेट ग्रहण गरेपछि खुसी व्यक्त गर्दै ऊर्जा डेभलपर्सका प्रबन्ध निर्देशक पोखरेलले ऊर्जा डेभलपर्सले निर्माण गरेको आयोजना गोल्ड स्ट्यान्डर्ड प्राप्त गर्न योग्य हुनु नेपालकै लागि गौरवको विषय भएको बताए । 

‘यो नेपालका लागि एउटा कोशेढुंगा पनि हो,’ उनले भने, ‘यस उपलब्धिले नेपालमा दिगो रूपमा जलविद्युत् विकास हुन सक्छ भन्ने सन्देश गएको छ । साथै, यसबाट प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ ।’ 

जलविद्युत् आयोजना निर्माणका क्रममा वातावरण तथा पर्यावरणीय सन्तुलनमा योगदान पुर्‍याएको, स्थानीय विकासलाई प्रवर्द्धन गरेको, लगानीलाई सुशासन तथा पारदर्शी ढंगबाट विस्तार गरेको, जलवायु परिवर्तनबाट उत्पन्न असरहरूलाई न्यूनीकरणमा सहयाेग गरेको लगायत पक्षको मूल्यांकन गरी सञ्चालनमा रहेका जलविद्युत् केन्द्रलाई ‘गोल्ड सर्टिफिकेट’ प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।

उल्लेखित मापदण्डहरूलाई केन्द्रमा राखी ‘हाइड्रो पावर सस्टेनेबिलिटी काउन्सिल’ले ‘सर्टिफाइड’ हुने जलविद्युत् केन्द्र तथा आयोजनाको मूल्यांकन गरेको पनि आयोजकले जनाएको छ ।

कार्यक्रममा अब विश्वभर ‘दिगो जलविद्युत् विकास’को विकल्प नरहेको पक्षमा जोड दिँदै जलवायु परिवर्तनमा देखिएका असर न्यूनीकरण, पर्यावरणीय सन्तुलन र नवीकरणीय ऊर्जा विकासलाई एक साथ अगाडि बढाउनुपर्ने बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३