विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको मुख्य सुरुङ पूरा भएको छ । सानीगाड हाइड्रो कम्पनीले सुदुरपश्चिम प्रदेशको बझाङस्थित कालंगा बेसिनमा निर्माण गरिरहेको आयोजनाको ७ हजार ८ सय ५ मिटर लामो सुरुङ बुधबार खनेर सकिएको हो ।

सफलतापूर्वक मुख्य सुरुङ छेडिएको आयोजना संयोजक सुनिल रेग्मीले बताए । ‘खनेर सकिएको सुरुङ ढलानको काम भोलिदेखि नै सुरु हुन्छ,’ उनले ऊर्जा खबर सँग भने, ‘सुरुङ ढलानको काम साढे ४ महिनाभित्र सम्पन्न हुन्छ ।’

आयोजनाको ८५ प्रतिशत बढी निर्माण पूरा भइसकेको छ । बाँध क्षेत्रको संरचनाको निर्माण सकिएको छ । आयोजनाको १ हजार १ सय ५० मिटर पेनस्टक पाइपमध्ये ६ सय ५० मिटर पाइप राख्ने काम पूरा भएको छ । बाँकी ५ सय मिटर असारभित्र पुरा हुन्छ ।

विद्युतगृहको सिभिल संरचनाको काम पूरा भई उपकरण जडानको काम धमाधम भइरहेको पनि उनले बताए । उपकरण जडानको काम पनि साउनभित्र पूरा गरिसक्ने लक्ष्य छ ।

संरचना निर्माणको काम पूरा गरेर आयोजनाबाट २०७८ भदौ तेस्रो सातादेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाबाट २०७७ असारदेखि उत्पादन सुरु गर्ने तालिका भए पनि भौगोलिक विकटता तथा कमजोर भौगोलिक अवस्थाका कारण सुरुङमा देखिएको समस्याले सम्भव नभएको कम्पनीले जनाएको छ । आयोजनाको सबैभन्दा जटिल र कठिन सुरुङ खन्ने काम सकिएकाले अब निर्माणले गति लिने जनाइएको छ ।

आयोजनाले उत्पादन गर्ने विद्युत दार्चुलास्थित १३२/३३ केभी बलाँच सबस्टेसनमा जोडिनेछ । आयोजना पूरा गर्न ६ अर्ब ९४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा ८ बैंकले ऋण लगानी गरेका छन् ।

कालंगा बेसिनमा माथिल्लो कालंगागाडसहित १५.३३ मेगावाटको कालंगागाड र १०.७ मेगावाटको सानीगाड आयोजना निर्माणाधीन छन् । ३ वटै आयोजना एउटै समूहले निर्माण गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit