विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गरेको ८ मेगावाटको तादी-घ्याङफेदी जलविद्युत् आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरण र एबीपी इनर्जीका प्रतिनिधिबीच सोमबार पीपीएमा हस्ताक्षर भएको हो ।

पीपीएमा प्राधिकरण विद्युत् व्यापार विभागका निर्देशक राजन ढकाल र कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले हस्ताक्षर गरे । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ तादी खोलामा निर्माण हुने आयोजनाको हालसम्म सबै खालको अध्ययन पूरा भएको कम्पनीले जानकारी दिएको छ ।

२०८० साल बैशाखमै आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) पूरा भइसकेको आयोजना ग्रस हेड ४४६ मिटर रहेको छ । हेडरेस पाइप २२८१.३६ मिटर र पेनस्टक पाइप १६३२.०८ मिटर निर्माण गरिने आयोजनाको विद्युत् ३३ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत १० किलोमिटर टाढा समुन्द्रटार सबस्टेसनमा जोडिने उल्लेख छ ।

१ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना प्रतिमेगावाट २० करोड ५ लाख रुपैयाँमा पूरा गर्ने लक्ष्य छ । आगामी असोज २९ गतेबाट निर्माण शुरू गरिने आयोजनाबाट वार्षिक ४८.७४६ गिगावाट घण्टा (४ करोड ८७ लाख ४६ हजार युनिट) विद्युत् उत्पादन हुनेछ भने २०८४ बैशाख (३१ महिना) सम्म व्यावसायिक उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत १० किलोमिटर दूरीमा रहेको प्राधिकरणको समुन्द्रटार सबस्टेसनमा जोडिने छ । यस कम्पनीको सञ्चालकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका महासचिव बलराम खतिवडादेखि सूचना प्रविधि व्यवसायी असगर अलि लगायतको संलग्नता रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३