विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभामा निर्माणाधीन १४.९ मेगावाटको मायाखोला जलविद्युत आयोजनाको मुख्य सुरुङ पूरा भएको छ । मायाखोला हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको २२ सय मिटर लामो मुख्य सुरुङ खनेर सकिएको हो ।

मुख्य सुरुङ सोमबार खनेर सकिएको आयोजना संयोजक भरत थापाले बताए । ‘बैशाखमा नै मुख्य सुरुङ पूरा गर्ने हाम्रो योजना थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘आयोजनामा कार्यरत कामदार तथा कर्मचारी नै कोरोना संक्रमित भएपछि काम प्रभावित हुँदा भदौमा सरेको हो ।’

भदौ ३ गते मुख्य सुरुङ वारपार गर्ने तालिका तय गरिए पनि २ दिनअघि नै सम्पन्न गर्न सफल भएको थापाले जानकारी दिए । आयोजनाको कठिन काम सुरुङकै भएकाले खनिर सकिएपछि अब निर्माणले थप गति लिने उनले बताए ।

खनेर सकिएको सुरुङमा कंक्रिटिङ तथा लाइनिङको काम सम्पन्न गर्न थप २ महिना लाग्ने छ । आयोजनाको ७० प्रतिशत बढी निर्माण सम्पन्न भइसकेको छ । अहिले सुरुङसँगै पाइप लाइन तथा पेनस्टक पाइपको काम भइरहेको छ । विद्युतगृहमा पनि काम भइरहेको छ ।

बाँध क्षेत्रको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनासँग भएका अक्सिजन सिलिण्डर स्थानीय प्रशासनलाई बुझाएकाले हाइड्रोमेकानिकलतफएको काम सुस्त छ ।

यो आयोजनाको निर्माण सम्पन्न गरी गत असारदेखि विद्युत उत्पादन गर्ने तालिका थियो । तर, कोरोना महामारीको दोस्रो लहरमा ४० जना बढी कामदार तथा कर्मचारी संक्रमित भएपछि निर्माण प्रभावित हुँदा विद्युत उत्पादन हुने तालिका समेत सरेको छ ।

नयाँ तालिका अनुसार अब आयोजनाबाट २०७८ पुसदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको विद्युत प्रवाह हुने कोसी कोरिडोर प्रसारण लाइन अन्तर्गतको इनरुवा सबस्टेसन सम्पन्न भई २२० केभी क्षमतामा सञ्चालनमा आउने अवधिभित्र आयोजना पनि सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत कोसी कोरिडोरको तुम्लिङटार–इनरुवा खण्डको बानेश्वर सबस्टेसनमा जोडिनेछ । आयोजनाको विद्युतगृहबाट सबस्टेसनसम्म आवश्यक ३ किलोमिटर प्रसारण लाइन आयोजनाको प्रवर्द्धक मायाखोला हाइड्रो पावर कम्पनीले नै निर्माण गरिरहेको छ ।

यो आयोजना सम्पन्न गर्न २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । माया खोला ‘सुपर सिक्स’ अन्तर्गत प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न दिइएको आयोजना हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit