विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । निजी ऊर्जा उत्पादकहरूले जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्नुपर्ने अवधि (आरसिओडी)  थप गर्न नेपाल विद्युत् प्राधिकरण, विद्युत् व्यापार विभागका नवनियुक्त निर्देशक राजन ढकालसँग आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)ले आज (माघ १६ गते) बधाई ज्ञापन गर्दै यस्तो आग्रह गरेको हो ।

इपानका अध्यक्ष गणेश कार्कीले पछिल्लो समय आर्थिक सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्न नसक्दा विद्युत् खरिद सझाैता (पिपिए) भएका धेरै आयोजनाको वित्तीय व्यवस्थापन हुन नसकेको बताए । उनले वित्तीय व्यवस्थापन भएका कतिपय आयोजनाले समेत काम अघि बढाउन नसकेकोले विद्युत् उत्पादन गर्नुपर्ने मिति (आरसिओडी) थप गर्नका लागि पहलकदमी लिइदिन आग्रह गरे ।

सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएकोले विभागलाई यो परिमाणको विद्युत् खरिद विक्री सम्झौता (पिपिए) गर्ने अवसर भएको पनि कार्कीले बताए । इपानका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत् व्यापार विभागबाट निजी क्षेत्रलाई सहज हुने वातावरण बनाएर काम गर्न आग्रह गरे ।

इपानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले निजी क्षेत्रका ऊर्जा उत्पादक र विद्युत् व्यापार विभागको सम्बन्ध नङ र मासु जस्तै हुनुपर्ने बताए ।
इपानका महासचिव बलराम खतिवडाले निजी क्षेत्रले पिपिएका लागि आवेदन दिएका १२ हजार मेगावाट क्षमताका सबै आयोजनाको पिपिए ढकालकै कार्यकालमा हुनेमा विश्वस्त रहेको बताए ।

इपानका उपमहासचिव प्रकाश दुलालले सरकारी कर्मचारी भएपनि निजी क्षेत्रकै शैलीमा काम गर्ने जुझारुपन ढकालमा भएको भन्दै विद्युत व्यापार विभागमा पनि सोही शैलीमा काम हुनेमा आशावादी रहेको बताए ।

उक्त भेटमा नवनियुक्त निर्देशक ढकालले २०४९ पछि जलविद्युत् उत्पादनमा हात हालेको निजी क्षेत्रको योगदान ६० प्रतिशत भन्दा बढी पुगेको बताए । उनले इपान र विद्युत प्राधिकरण एउटै परिवार भएकोले एकले अर्कोलाई विश्वास गरेर अघि बढ्नुपर्ने र एक्लै हिँड्दा कोही गन्तव्यमा नपुग्ने भएकाले ‘टिमवर्क’मा काम गर्नुपर्ने र त्यसका लागि आफ्नो टिम ’सरकारी काम’ भन्ने मानसिकताबाट माथि उठेर निजी क्षेत्रकै शैलीमा काम गर्न तयार रहेको बताए ।

उक्त भेटमा इपानको तर्फबाट अध्यक्ष कार्की सहित निवर्तमान अध्यक्ष कृष्ण आचार्य, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्षद्वय आनन्द चौधरी र भरत खत्री, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, कोषाध्यक्ष नरेन्द्र बल्भ पन्त, कार्यसमिति सदस्य मिथुन पौडेल र प्रमुख कार्यकारी अधिकृत भीम गौतम लगायतको सहभागिता थियाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit