विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ऊर्जा क्षेत्रको विकास नभई अन्य क्षेत्रको पनि सम्भव नहुने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को नवनिर्वाचित कार्यसमितिसँग भेटवार्ता गरेर उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा इपानका अध्यक्ष गणेश कार्कीले संशोधनका लागि संसदमा पेश भएको ‘वन ऐन २०७६’ र ‘वातावरण संरक्षण ऐन २०७६’ जस्ताको त्यस्तै पारित भएमा नेपालमा जलविद्युत र प्रसारण लाईन मात्र नभएर कुनैपनि विकास निर्माणका काम हुनै नसक्ने धारणा राखेका थिए ।

ऊर्जा क्षेत्रका समस्याको वारेमा आफू जानकार रहेकोले इपानले उठाएका विषयमा पूर्ण सहमत भएको अध्यक्ष लिङ्देनले बताए । ‘संसदमा पेश भएको ऐन संसोधनका लागि पहल गर्छौ,’ उनले भने, ‘हातखुट्टा बाँधेर ऊर्जा क्षेत्रको विकास हुदैन, यसको विकास नभइ अरु क्षेत्रको पनि सम्भव हुँदैन ।’

इपानका अन्य कार्यसमितिले पनि वन र वातावरण ऐन जस्ताको तस्तै पारित भयो भने नेपाल विदुयुत प्राधिकरणले पनि प्रसारण लाइन बनाउन नसक्ने धारणा राखेका थिए । कार्यसमितिका कुरा सुनेपछि अध्यक्ष लिङ्देनले देश विकास रोक्न खोज्ने नियमन कानूनका विषयमा इपानकै प्रवक्ताले कुरा राखे जसरी संसदमा प्रस्तुत गर्ने बचन दिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit