विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । लामो समयदेखिको प्रयास, निरन्तर छलफल र वार्तापछि नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यातको सम्झौता हुने टुंगो लागेको छ । भारतीय प्रसारण सञ्जालको उपयोग गरी बंगलादेशमा विद्युत् निर्यात गर्न आउने साउन १३ गते (जुलाई २८ तारिख) ‘विद्युत् व्यापार सम्झौता (पावर सेल एग्रिमेन्ट–पीएसए)’ हुन लागेको हो ।

उक्त सम्झौता एक ऐतिहासिक समारोह भएको हुँदा त्यसमा उपस्थिति जनाउनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आफ्ना भारत र बंगलादेशका समकक्षी क्रमशः मनोहर लाल र नसरुल हमिदलाई आज (साउन २ गते) पत्रचार गरेका छन् । नेपाल, भारत र बंगलादेशका लागि यो समारोह विशेष हुने हुँदा यसमा तीन वटै देशका मन्त्रीहरूको उपस्थिति गराउन पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बताए ।

‘तीन वटै देशका मन्त्रीज्यूहरूको उपस्थितिमा विद्युत् व्यापारको सम्झौता हुने कार्यक्रम तय भएको छ,’ उनले बुधबार ऊर्जा खबरसँग भने । जलविद्युत् निर्यात सम्बन्धमा नेपालका तर्फबाट नेपाल विद्युत् प्राधिकरण, बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीपी) र नोडल एजेन्सी अर्थात् नेपालबाट खरिद गरेर बंगलादेश बेच्ने भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच सम्झौता हुनेछ ।

प्रवक्ता सिंहका अनुसार नेपालबाट बंगलादेशमा हरेक वर्ष ५ महिना (जुन १५ देखि नोभेम्बर १५ सम्म) प्रतिमहिना प्रतियुनिट ६.४० अमेरिकी सेन्ट (करिब ८.५७ रुपैयाँ) का दरले २८,८०० मेगावाट घन्टा विद्युत् बिक्री हुनेछ । ५ महिनामा १ लाख ४४ हजार मेगावाट घन्टा विद्युत् बिक्री गर्दा ९२ लाख १६ हजार अमेरिकी डलर (१ अमेरिकी डलर बराबर १३३.६५ रुपैयाँका आधारमा, १ अर्ब २३ करोड १७ लाख रुपैयाँ) आम्दानी हुने उनले जानकारी दिए ।

बीपीडीबीले यसअघि नै विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न प्राधिकरणलाई पत्राचार गरेको थियो । वर्षायामका ५ महिना ४० मेगावाट जलविद्युत् बिक्रीका लागि प्राधिकरणले पेश गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी पनि बीपीडीबीले प्राधिकरणलाई जानकारी गराएको थियो ।

कानुनमा भएको व्यवस्था बमोजिम बीपीडीबीले २०८० साल पुस १६ गते नेपालबाट उत्पादित ४० मेगावाट जलविद्युत् बंगलादेश, भारत र नेपालका निकायहरूबीचको त्रिपक्षीय सम्झौताअनुसार हुने गरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको थियो । प्राधिकरणले विद्युत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्‌काे दरसहितको बोलपत्र सम्बन्धी कागजात पेस गरेको थियो ।

नेपाल र भारतबीचको पहिलो अन्तर्देशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्‌काे मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर बिन्दुमा पाउने छ । अर्थात्, बंगलादेश निर्यात हुने विद्युत्‌काे मिटर मुजफ्फरपुरमा रहने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्ने उल्लेख छ ।

मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश पुग्नेछ । मुजफ्फरपुर बिन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभीभीएनले लिने ट्रेडिङ मार्जिन लगायत सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै बेहोर्ने जनाइएको छ ।

नेपाल–बंगलादेश छैटौं जेएससी बैठक पोखरामा

नेपाल र बंगलादेशका ऊर्जा सचिव स्तरीय बैठक (जोइन्ट स्टियरिङ कमिटी– जेएससी) को छैटौं बैठक आगामी साउन १४ र १५ गते (जुलाई २९ ३० तारिख) पोखरामा हुने भएको छ । सचिवस्तरीय बैठकको एक दिन अगाडि अर्थात् १४ गते सहसचिव स्तरीय (जोइन्ट वर्किङ ग्रुप– जेडब्लूजी) को बैठक हुनेछ । जेडब्लूजीमा भएका छलफल तथा मुद्दाहरू जेएससीको बैठकमा पेश गरी अनुमोदन गर्ने प्रचलन रहेको छ ।

याे पनि पढ्नुहाेस्

१. ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता गर्न बंगलादेशद्वारा नेपाललाई पत्राचार

२. भारत र बंगलादेशमा ४४० मेगावाट बिजुली बेच्न आयोगको स्वीकृति

३. नेपालबाट ५ वर्षका लागि ४० मेगावाट विद्युत् किन्ने निर्णय बंगलादेश मन्त्रिपरिषद्‌बाट स्वीकृत

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३