विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले खुल्ला प्रतिस्पर्धामार्फत सौर्य ऊर्जाको पीपीए (विद्युत खरिद सम्झौता) का लागि प्रस्ताव आह्वान गरेको छ । प्राधिकरणले अध्ययन भइरेहको, पहिचान भएको सौर्य आयोजनाको विद्युत खरिद प्रक्रिया अघि बढाउन प्रस्ताव आह्वान गरेको हो ।

प्रतियुनिट अधिकतम ५.९४ रुपैयाँमा पीपीए दर तोकेर १०० मेगावाटका लागि प्रस्ताव आह्वान गरिएको प्राधिकरणले जनाएको छ । अहिले प्रतियुनिट ७.३० रुपैयाँमा पीपीए भइरहेको छ । प्राधिकरणका अनुसार हाल विद्युत विकास विभागमा अध्ययन अनुमति लिएका वा नयाँ पहिचान भएका सबै आयोजनाले प्रस्ताव गर्न सक्नेछन् । आयोजनाको काम पीपीए भएको १८ महिनाभित्र पूरा गर्नुपर्नेछ । 

इच्छुकले २०७९ फागुन १४ गते अर्थात ९० दिनभित्र प्रस्ताव पेश गर्नुपर्नेछ । प्राधिकरणले २०७५ असार २६ गतेको निर्णय अनुसार प्रतियुनिट ७.३० रुपैयाँमा पीपीए गर्दै आएपनि अब नयाँ दर ५.९४ रुपैयाँमा पीपीए हुने प्राधिकरणले जनाएको छ ।

अहिले विभागमा १५२१.१५ मेगावाटका सौर्य आयोजना निर्माणका विभिन्न चरणमा छन् । अहिलेसम्म ३९ मेगावाटको सौर्य आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

थप जानकारीका लागि

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit