विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ साउन २५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । ग्रिन इन्फ्रास्ट्रक्चर प्रालिले धनुषाको मिथिला नगरपालिकामा ५ मेगावाटको सोलार पिभी आयोजना अघि बढाएको छ । यसका लागि अनुमति पत्र माग्दै प्रवर्द्धक मम्पनीले विद्युत् विकास विभागमा आवेदन पेश गरेको छ । आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तथा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनसमेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट गत साउन २ गते स्वीकृत भइसकेको छ । 

स्वीकृत प्रतिवेदनका आधारमा आयोजनाको मुख्य संरचनामा मिथिला नगरको वडा नं. ५ मा   ४.००४ हेक्टर जग्गामा प्रस्ताव गरिएको छ ।आयोजनाका पीभी प्यानलहरूबाट डीसी विद्युत् निकाली २५० किलोवाट क्षमताका २० वटा स्ट्रिङ इन्भर्टरमार्फत ५ मेगावाट विद्युत उत्पादन गरिनेछ ।  आयोजनाले वार्षिक सरदर ९.९०६ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने छ । 

उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेसनमा जोडिनेछ । कम्पनीले यो आयोजना २०८२ जेठभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

आयोजनाको निर्माण तथा सञ्चालन गर्दा विद्युत ऐन, २०४९ को दफा २४ वमोजिम भू–क्षय, वायु प्रदूषण आदिद्वारा वातावरणमा उल्लिवित प्रतिकूल असर नपर्ने गरी आयोजनाको स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (१) अनुसार गर्न लगाइने पनि विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३