विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस १४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । रसुवागढी जलविद्युत् केन्द्रका २ वटा विद्युत् उत्पादन युनिट पुनर्निर्माणपछि सञ्चालनमा आएका छन् । १११ मेगावाटको उक्त केन्द्रका ३७/३७ मेगावाटका २ युनिट सञ्चालनमा आएका हुन् । पहिलो युनिट मंसिर २० गते र दोस्रो युनिट पुस १० गतेदेखि सञ्चालनमा आएको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सत्यराम ज्याख्वाले ऊर्जा खबरलाई जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवाको नेपाल–चीन सीमा क्षेत्रमा उक्त जलविद्युत् केन्द्रले २०८१ पुस १६ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको थियो । त्यसको ६ महिनापछि २०८२ असार २४ गते ल्हेन्दे खोला हुँदै भोटेकोसीमा आएको भीषण बाढीले केन्द्रको बाँध संरचना, विद्युत्‌गृह, आवास, टेलरेस तथा पहुँच सडकमा क्षति पुर्‍याएपछि उत्पादन बन्द भएको थियो । बाढीले केन्द्रका संरचनासहित सवारी साधन, ठूला मेसिन तथा अन्य सामग्री गरी झन्डै साढे ३ अर्ब क्षति पुर्‍याएको थियो । यस मध्ये करिब १ अर्ब ७४ करोड रुपैयाँ बिमाको रकमबाट पूर्ति हुने देखिएको छ । बाँकी केन्द्रले आन्तरिक स्रोत जुटाएरै पुनर्निर्माणको काम गरिरहेको सिइओ ज्याख्वाले बताए ।

‘पहिलो र दोस्रो युनिट सञ्चालनमा ल्याउन हामीले हाम्रो स्रोत साधान, केही उपकरण भाडामा लिएर काम गरेका छौँ भने तेस्रो युनिटसमेतका काम लाग्ने सबै उपकरण तथा सामग्री प्रयोगमा ल्याएका छौँ,’ उनले भने, ‘अब तेस्रो युनिट सञ्चालनमा ल्याउनका लागि भने आवश्यक नयाँ उपकरण ल्याउन बोलपत्रकै प्रक्रियाबाट अघि बढ्नुपर्ने छ ।’

आउँदो बर्खाअघि नै ३ वटै युनिट सञ्चालनमा ल्याउने गरी बोलपत्रको प्रक्रिया अघि बढाउन लागेका उनले बताए ।

‘अहिले नदीमा पानीको पनि कमी भएकोले प्रत्येक युनिटबाट २२/२३ मेगावाटका दरले करिब ४५ मेगावाट हाराहारी उत्पादन भइरहेको छ,’ उनले भने, ‘नदीमा पानी अझ घटेपछि एउटा युनिटमात्र सञ्चालनमा आउने भएकोले वर्षायाम सुरु नभई पानीकै कारण पनि ३ वटै युनिट चल्न  सक्ने अवस्था छैन ।’

उनका अनुसार गत शनिबार (पुस १२ गते) प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि केन्द्रको स्थलगत निरीक्षण गरी आवश्यक निर्देशन दिएका छन् ।

‘बाढीले ठूलो क्षति पुर्‍याउन सकिने सम्भावना देखिएकोले सम्भव भएसम्मका केन्द्रका संरचनाको डिजाइन नै परिवर्तन गरेर जान सकिने अवस्थाबारेसमेत अध्ययन गरी अघि बढ्न कार्यकारी निर्देशक ज्यूबाट निर्देशन भएको छ,’ उनले भने, ‘त्यसबारे समेत अध्ययन गरी सम्भव भएसम्म बाढीले कम क्षति गर्ने गरी संरचनाको पुनर्निर्माणमा अघि बढ्नुपर्ने भएकोले हामी त्यसै अनुसार तयारी गरिरहेका छौँ ।’

केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्दा वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गर्ने छ । उक्त विद्युत् बिक्रीबाट कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३