विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्ड र डोल्मा इम्प्याक्ट फन्डले साझेदारीमा ९० मेगावाटको सौर्य विद्युत् आयोजना विकास गर्ने भएका छन् । यी दुई कम्पनीले आपसी साझेदारीमा ५० मेगावाटको सोलार फार्म लुम्बिनी र ४० मेगावाटको सोलार फार्म  बुद्धभूमि आयोजना विकास गर्ने भएका हुन् । 

यसका लागि नेपाल इन्फ्रास्ट्रक्चरको व्यवस्थापक कम्पनी ग्लोबल इक्विटी फन्ड लिमिटेडले डोल्माको सोलार फार्म लिमिटेडको आंशिक स्वामित्व खरिद गरेको ग्लोबलका प्रबन्ध निर्देशक डा. मनिष थापाले जानकारी दिएका छन् । ‘नेपाल वैकल्पिक ऊर्जा स्रोतको अपार सम्भावनालाई उपयोग गर्दै आन्तरिक ऊर्जा माग पूरा गर्ने, आयातित इन्धनमा निर्भरता घटाउने र दिगो ऊर्जा भविष्यतर्फ अघि बढ्ने लक्ष्यमा केन्द्रित भइरहेको अवस्थामा यो लगानी आएको हो,’ उनले भनेका छन् । 

उनका अनुसार सोलार फार्म लिमिटेड नेपालकै अग्रणी ग्रिड–जडित सौर्य विद्युत् उत्पादन कम्पनी हो ।  यो कम्पनीले तनहुँको चौतारामा ५ मेगावाटको सौर्य विद्युत् केन्द्र सञ्चालन गर्दै आएको छ । सोलार फार्म लिमिटेडका दुई सहायक कम्पनीहरूले विकास गर्न ठेक्का प्राप्त गरेका २ वटा आयोजनामा नै नेपाल इन्फ्रास्ट्रक्चर फन्डले पनि साझेदारी गर्ने भएको हो । 

‘नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डको यो लगानीले ग्लोबल इक्विटी फन्डलाई सौर्य क्षेत्रमा सबैभन्दा ठूला संस्थागत लगानीकर्तामध्ये एक बनाएको छ,’ प्रबन्ध निर्देशक थापाले भनेका छन्, ‘ग्लोबल इक्विटी फन्डले आफ्ना विभिन्न लगानी साधनमार्फत २५ मेगावाटको पशुपति रिन्युएबल्स, ६.८ मेगावाटको जिआई सोलार र ग्रिडबाहिरको सौर्य विद्युत् विकास गर्ने कम्पनी घाम पावर लगायतमा लगानी गरिसकेको छ ।’

हिमालयन एभरेस्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल रि–इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवर्द्धनमा नेपाल इन्फ्रास्ट्रक्चर फन्डको स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३