विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि निर्माण गरिएको गर्जाङ-नयाँ खिम्ती १३२ कभी डबल सर्किट प्रसारण लाइनको काम सम्पन्न भएको छ ।

रामेछापको गोकुलगंगा गाउँपालिकाको गर्जाङबाट सुरु भई दोलखाको तामाकोसी गाउँपालिका हुँदै रामेछापकै मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी) को नयाँ खिम्ती सबस्टेसनमा टुंगिने ३१ किलोमिटर लामो लाइन निर्माणको काम पूरा भएको हो । लाइनमा १०५ वटा टावर निर्माण गरिएको छ ।

आयोजना अन्तर्गत गर्जाङमा १३२ केभीको नयाँ सबस्टेसन र नयाँ खिम्ती सबस्टेसनमा १३२ केभीको ‘वे’ निर्माण गरिएको छ । गर्जाङ  सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी ६/८ एमभिए क्षमताका थ्री फेज पावर ट्रान्सफर्मरहरू जडान गरिएको छ ।

गर्जाङ सबस्टेसनबाटै स्थानीय रुपमा विद्युत दिइने भएकोले त्यस क्षेत्रको विद्युत आपूर्ति पनि भरपर्दो र गुणस्तरीय हुने भएको छ ।लाइन र सबस्टेसन निर्माण सम्पन्न भएपछि करिब २ सय मेगावाट विद्युत प्रवाहका लागि पूर्वाधार तयार भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘स्थानीयको अवरोध लगायतका कारणले समस्यामा परेको लाइन निर्माण सम्पन्न गरी परीक्षण भइरहेको छ’, उनले भने, ‘ केही दिनमै सञ्चालन (चार्ज) मा ल्याउन परीक्षणका कामहरू भइरहेका छन् ।’

‘अहिले १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्ती दोस्रो जलविद्युत आयोजनाबाट उत्पादित विद्युत वैकल्पिक व्यवस्था गरी जोडिएको छ, अब ती आयोजनाहरूको विद्युत गर्जाङ- खिम्ती प्रसारण लाइनमा जोडिनेछ, अब प्रसारण पूर्वाधार अभावमा विद्युत खेर जाने अवस्थाको अन्त्य भएको छ’ उनले थपे ।

स्थानीयको अवरोधका कारण गज्र्याङ–खिम्ती निर्माणमा केही ढिला हुने देखिएपछि २०७९ बैशाख १५ गतेदेखि वैकल्पिक व्यवस्थामार्फत उपल्लो खिम्ती र माथिल्लो खिम्तीबाट उत्पादित विद्युत गज्र्याङ सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनमार्फत जिरी सबस्टेसनमा जोडिएको थियो । जिरी सबस्टेसनबाट चरिकोटस्थित मकैबारी सबस्टेसन हुँदै सिंगटी सबस्टेसनमार्फत विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गरिएको छ ।

गर्जाङ– खिम्ती प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीले शतप्रतिशत मुआब्जाको माग गर्दै निर्माणमा रामेछापको गोकुलगंगा गाउँपालिकास्थित ठोसे, धारापानी, बेताली, नाममाडी र दोलखाको तामाकोसी गाउँपालिकाको सहरे क्षेत्रमा निर्माणमा अवरोध गरेका थिए । केही स्थानमा मार्गधिकारमै नपर्ने जग्गा तथा घरधनीले मुआब्जा तथा क्षतिपूर्तिको माग गर्दे प्रसारण लाइनको तार तान्न दिएका थिएनन् ।

स्थानीयसँगको छलफल, स्थानीय तह तथा प्रशासन, प्राधिकरणको उच्च व्यवस्थापन लगायतको निरन्तर पहल, प्रयास र सहयोगमा लाइन निर्माणमा रहेको अवरोध हटाइएको आयोजना प्रमुख अनुप गौतमले बताए ।

आयोजना प्रारम्भिक काम आर्थिक वर्ष २०६७/६८ बाट  सुरु भएको थियो भने निर्माण लागि पिङगाओ ग्रुप कम्पनी, चीनसँग २०७३ माघमा ठेक्का सम्झौता भएको थियो । उपल्लो खिम्ती र माथिल्लो खिम्ती आयोजनाका प्रवर्द्धक हिमालय ऊर्जा विकास कम्पनीका प्रवद्र्धकहरू सम्बद्ध फ्रेण्डसीप इन्जिनियरिङले सब कन्ट्रयाकमा काम लिएको थियो ।

तर, कोभिड–१९ को महामारी, समयमा निर्माण उपकरणहरू आयोजनास्थलमा ल्याउन समस्या र स्थानीयको अवरोधका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । अनुमानित लागत २ करोड अमेरिकी डलर रहेको आयोजना नेपाल सरकारको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit