विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैँ । चौधरी ग्रुप अन्तर्गत सिजी डिजिटलले तेस्रो संस्करणको आफ्नो सबैभन्दा ठूलो सेल 'बिग सिजी डे' सुरु भएको घोषणा गरेको छ । यो अभियान आधिकारिकरूपमा आज फेब्रुअरी २४  मध्यरातदेखि सुरु भएको हो ।

यस वर्षको बिग सिजी डे विगतका वर्षहरूभन्दा ठूलो हुने र आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक सपिङ अनुभव प्रदान गर्ने सिजी डिजिटलले आश्वासन दिएको छ ।

बिग सिजी डेको मुख्य हाइलाइटहरू ८०० भन्दा बढी सामानहरूमा ३६% सम्मको छुट, थप १०% सम्मको मेगा भाैचर, २४ हजार रुपैयाँसम्म क्यास ब्याक, डेल्ली  गिभअवेको रूपमा १० दिनसम्म हरेक दिन एकजना लक्की विजेता जसले आफूले किनेको समान बराबरको अर्को समान निशुल्क किन्न पाउने, ४१४१ सम्म सिजी पोइन्ट  रहेको कम्पनीले जानकारी दिएको छ।

बैंक छुटको सन्दर्भमा, बिग सिजी डेमा किनमेल गर्ने ग्राहकहरूले डेबिट कार्डमार्फत २० प्रतिशत अधिकतम  २  हजार रुपैयाँ र क्रेडिट कार्डमार्फत २५ प्रतिशत अधिकतम  २५ सय  रुपैयाँ बचत गर्न सक्ने छन् । नबिल बैंकका ग्राहकहरूले माथि उल्लेखित कार्ड छुटहरू प्राप्त गर्न सक्ने जनाइएकाे छ । यी प्रि-पेमेन्ट छुटहरू सीमित अवधिका लागि मात्र रहने पनि जनाइएकाे छ ।

बिग सिजी डेको पहिलो दिन दिउसो ४ बजे आफ्नो सोसल मिडियामार्फत लाइभ सो गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सलोन बस्नेत लगायत विभिन्न चर्चित कलाकारहरूसँगको कुराकानी रहने छ । साथै, विभिन्न उपहार तथा छुट भौचर पनि लाइभको समयमा हेर्न सकिने छ। लाइभ हेर्नका लागि सिजी डिजिटलको फेसबुक पेजमा जानुपर्ने छ ।

बिग सिजी डे २४.२.२४ मा सिजी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स, सिजी फुड्स, सिजी नेट, सिजी हिल्स्, सिजी एजुकेसन, सिजी हस्पिटालिटी, सिजी सिमेन्ट, सिजी पे र युनाइटेड इन्स्योरेन्सका उत्पादन तथा सेवा–सुविधामा विभिन्न अफर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३