विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखामा २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले आफ्नो सेयरधनी सदस्यका लागी छुट्याएको सेयर निष्कासन गर्न बुधबार नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । 

बोर्डले १ः१ को अनुपातमा हुन आउने १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको कम्पनीले जनाएको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न कुमारी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

कम्पनीले निर्माण गरेको सिगंटी खोलाबाट २०७८ साउन १७ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो । कम्पनीका अनुसार हाल आयोजनाले कूल क्षमताको ९७ प्रतिशत विद्युत उत्पादन गरिरहेको छ ।

सिंगटी खोलाबाट उत्पादन गरिएको सबै विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्नका लागि कम्पनी र प्राधिकरणबीच २०७० कात्तिक २७ गते र २०७४ साल मंसिर २८ गते क्रमशः १६ मेगावाट र ९ मेगावाटको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit