विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवामा २२.१ मेगावाटकाे चिलिमे जलिवद्ययुत्गृह सञ्चालन गरिरहेकाे चिलिमे हाइड्राे पावर कम्पनीले चालू आर्थिक वर्षको ६ महिनामा ३९ करोड २४ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । गत आवको साेही अवधिमा कम्पनीको नाफा ३९ करोड ६६ लाख ३९ हजार थियो ।

चालू आवकाे ६ महिनामा कमाएकाे नाफा गत आवकाे तुलनामा करिब ४२ लाख रुपैयाँ कम हाे । जुन १.०५७ प्रतिशतले कमी हुन आउँछ । चालू वर्षकाे यस अवधिमा कम्पनीले ६३ करोड ९९ लाख २१ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ । जुन गत आवमा ६१ करोड ८६ लाख ६३ हजार रहेको थियो ।

कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी भने बढाएकाे देखिन्छ । यस वर्ष विद्युत बिक्रीबाट हुने आम्दानी गत वर्षभन्दा ३.४४ प्रतिशत बढी भएको देखिएकाे छ । १० प्रतिशत बोनस शेयर दिने निर्णय गरेपछि कम्पनीको चुक्तापुँजी करिब ६.२८ करोड रुपैयाँ पुगेकाे छ ।

कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ९.९८ प्रतिशत कम ३ अर्ब ५५ करोड २ लाख ८६ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १२.५० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५६.५३ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit