विद्युत अपडेट

  • प्राधिकरण : ८०९४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८९१३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४३८३ मे.वा.घन्टा
  • आयात : ४५६ मे.वा.घन्टा
  • निर्यात : ११६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : ७० मे.वा.घन्टा
  • ऊर्जा माग : ६१९१६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३०२४ मे.वा.
२०८३ भदौ १७, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । रसुवामा २२.१ मेगावाटकाे चिलिमे जलिवद्ययुत्गृह सञ्चालन गरिरहेकाे चिलिमे हाइड्राे पावर कम्पनीले चालू आर्थिक वर्षको ६ महिनामा ३९ करोड २४ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । गत आवको साेही अवधिमा कम्पनीको नाफा ३९ करोड ६६ लाख ३९ हजार थियो ।

चालू आवकाे ६ महिनामा कमाएकाे नाफा गत आवकाे तुलनामा करिब ४२ लाख रुपैयाँ कम हाे । जुन १.०५७ प्रतिशतले कमी हुन आउँछ । चालू वर्षकाे यस अवधिमा कम्पनीले ६३ करोड ९९ लाख २१ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ । जुन गत आवमा ६१ करोड ८६ लाख ६३ हजार रहेको थियो ।

कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी भने बढाएकाे देखिन्छ । यस वर्ष विद्युत बिक्रीबाट हुने आम्दानी गत वर्षभन्दा ३.४४ प्रतिशत बढी भएको देखिएकाे छ । १० प्रतिशत बोनस शेयर दिने निर्णय गरेपछि कम्पनीको चुक्तापुँजी करिब ६.२८ करोड रुपैयाँ पुगेकाे छ ।

कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ९.९८ प्रतिशत कम ३ अर्ब ५५ करोड २ लाख ८६ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १२.५० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५६.५३ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३