विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले भदौ १३ गतेदेखि हकप्रद सेयर लिलामीबाट बिक्री गर्ने भएको छ । कम्पनीले यस अघि बिक्री गरेको हकप्रद सेयरमा माग बमोजिमको सेयर बिक्री नभएपछि अवितरित सेयर लिलामीबाट विक्री गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत असार २९ गतेदेखि साउन १८ गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो । सोहीअनुसार सर्वसाधारणतर्फ बिक्री नभएको १३ लाख ३६ हजार ७ सय ४२.७१ कित्ता हकप्रद सेयर लिलामीबाट निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त सेयरमा इच्छुक व्यक्ति, संघसस्था, कम्पनीले आवेदन दिन पाउनेछन् ।

आवेदनकले न्यूनतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रति सेयर सय रुपैया तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । आवेदकले भदौ २४ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।

कम्पनीको सिन्धुपाल्चोकमा निर्माण गरेको इन्द्रावती तेस्रो सञ्चालनमा छ । यस्तै, ४.५ मेगावाटको तल्लो इन्द्रावतीको पनि अध्ययन गरिरहेको छ । तोकिएको सयममा लक्षित प्रगति हासिल गर्न नसकेको भन्दै यसअघि खारेज भएको आयोजनाको पुनःअध्ययन अनुमति प्राप्त गरि अध्ययन थालेको हो । कम्पनीले ४० प्रतिशत निर्माण पूरा गरेपछि अनुमतिपत्र खारेज गरेर सरकारको बास्केटमा राखिएको थियो ।

यसैगरी, भोजपुरमा सहायक कम्पनीमार्फत १४.१५ मेगावाटको इर्खुवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit