विद्युत अपडेट

  • प्राधिकरण : ८५६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८१२३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३३२४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : १८९०१ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६००१४ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २८१० मे.वा.
२०८३ कार्तिक १८, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ३०औँ वार्षकोत्सव

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले दुर्गम तथा राष्ट्रिय प्रसारण प्रणालीको पहुँचभन्दा बाहिर रहेका ३७ लाखभन्दा बढी घरपरिवारलाई स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिमार्फत लाभान्वित गराएको जनाएको छ । केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा यस्ताे जानकारी दिइएको हो । 

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा आधारित सीमित कार्यक्रमका रूपमा मात्र नराखी निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोडेर राष्ट्रिय अर्थतन्त्रको आधार बनाउनुपर्नेमा जोड दिए । ठूला जलविद्युत् आयोजनाका साथै सौर्य ऊर्जा, लघु जलविद्युत्, बायोग्यास र बायोमासको विकासलाई समान महत्त्व दिनुपर्ने उल्लेख गर्दै उनले सरकारले अघि बढाउन लागेको ‘एलपी ग्यासमुक्त पालिका’ अवधारणा कार्यान्वयन गर्न केन्द्रलाई तत्काल तयारी थाल्न निर्देशन दिए ।

साथै, जलवायु परिवर्तनका विपद्‌बाट ऊर्जा पूर्वाधार जोगाउन विकेन्द्रीकृत प्रणाली आवश्यक रहेको र संसद्‌मा दर्ता भएको 'नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक' ले यस क्षेत्रको दिगो विकास र संस्थागत पुनर्संरचनामा बलियो आधार दिने उनको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगराष्ट्रिय योजना आयोगका सदस्य तथा वैकल्पिक ऊर्जा विकास समितिका उपाध्यक्ष प्रा.डा. सुदन झाले ऊर्जा सुरक्षाका लागि जलविद्युत्‌का साथै सौर्य, वायु र बायोग्यास जस्ता स्रोतहरूको समिश्रण आवश्यक रहेको बताए । राष्ट्रिय ग्रिड पुगेपछि लघु जलविद्युत् र सौर्य मिनी ग्रिडहरूलाई उपेक्षित नगरी एकीकृत गरिनुपर्नेमा उनले जोड दिए । 

सोह्रौँ पञ्चवर्षीय योजना अनुसार सन् २०३० सम्म सबैका लागि आधुनिक ऊर्जाको पहुँच पुर्‍याउने र ऊर्जा दक्षता सुधारको वार्षिक दरलाई १.६८% पुर्‍याउने लक्ष्य रहेको जानकारी दिँदै उनले ५०० भन्दा बढी कम्पनीमार्फत ४० हजारभन्दा बढी रोजगारी सिर्जना हुनु सुखद पक्ष रहेको उल्लेख गरे । 

ऊर्जा सचिवऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव डा. जगदीश्वर कर्माचार्यले ३० वर्ष अघि करिब १६ प्रतिशतमा रहेको विद्युत् पहुँच आज करिब शतप्रतिशतको अवस्थामा पुग्नुमा केन्द्रको भूमिका सराहनीय रहेको बताए । तीन दशकको अवधिमा १० लाखभन्दा बढी सौर्य घरेलु प्रणाली, ४१ मेगावाट लघु जलविद्युत्, ४७ मेगावाट सौर्य रुफटप, ४ लाख ७० हजार बायोग्यास र १४ लाख २० हजार सुधारिएको चुलो प्रवर्द्धन भएको विवरण उनले प्रस्तुत गरे । साथै, हरित जलवायु कोषबाट मान्यता प्राप्त हुनु र कार्बन व्यापारमार्फत ४ करोड ९० लाख अमेरिकी डलर आर्जन हुनुलाई उहाँले ठूलो उपलब्धि बताए । 

केन्द्रका कार्यकारी निर्देशक ढकालले तीन दशकको यात्रामा निजी क्षेत्र, विकास साझेदार र स्थानीय समुदायसँगको सहकार्य नै सफलताको मुख्य कारक रहेको बताए । उनले कार्बन व्यापारका साथै तराईका लागि ४९ मिलियन अमेरिकी डलरको स्वच्छ चुलो कार्यक्रम सञ्चालनमा रहेको र ४८ मिलियन डलरको 'वेस्ट टु इनर्जी' आयोजना स्वीकृतिको क्रममा रहेको जानकारी दिए । आगामी दिनमा ग्रिड नपुगेका ठाउँमा विद्युतीकरण, ग्रिड कनेक्टिभिटी, विद्युतीय सवारी र औद्योगिक ऊर्जा दक्षता प्रवर्द्धन, विपद् उत्थानशील पूर्वाधार, तीन तहका सरकारबीच समन्वय र जलवायु वित्तको दायरा विस्तार गर्ने सातबुँदे प्राथमिकतापछि केन्द्र अघि बढ्ने उनले स्पष्ट पारे । 

६ दशक लामो नेपाल-नर्वे साझेदारी

नेपालका लागि नर्वेकी राजदूत ड्याग्नी मियोसले दुर्गम क्षेत्रका लाखौँ नेपालीको जीवन रूपान्तरण गर्न केन्द्रले पुर्‍याएको योगदानको प्रशंसा गरिन् । विकेन्द्रीकृत ऊर्जाले ग्रामीण क्षेत्रका विद्यालय, स्वास्थ्य संस्था र साना उद्योगलाई शक्ति प्रदान गरी समावेशी विकासमा सहयोग पुर्‍याएको भन्दै उनले नेपाल र नर्वेबीचको ६ दशक लामो ऊर्जा साझेदारी आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन् । 

निजी क्षेत्रका चुनौती

नवीकरणीय ऊर्जा परिसंघनवीकरणीय ऊर्जा परिसंघ नेपाल (रिकोन) का अध्यक्ष कुशल गुरुङले कठिन भौगोलिक बनावट र जलवायु जोखिमका कारण विकेन्द्रीकृत ऊर्जा प्रणालीलाई राष्ट्रिय ऊर्जा सुरक्षाको आधार बनाइनुपर्ने बताए । ३४ लाख पशुपालक घरधुरीमध्ये ५ लाखमा मात्र बायोग्यास पुगेकाले यसको विस्तारमा विशेष बजेट आवश्यक रहेको उनको भनाइ थियो । साथै, सोलर होम सिस्टम अन्तर्गत निजी क्षेत्रले पाउनुपर्ने स्वीकृत अनुदान रकम लामो समयदेखि रोकिएकाले तत्काल निकासा गरिदिन उनले मन्त्रालय र केन्द्रसमक्ष आग्रह गरे । 

ऐतिहासिक पृष्ठभूमि 

केन्द्रका नायब कार्यकारी निर्देशक डा. नारायणप्रसाद अधिकारीले सातौँ र आठौँ पञ्चवर्षीय योजनाको जगमा टेकेर वि.सं. २०५३ मा केन्द्रको स्थापना भएको ऐतिहासिक पृष्ठभूमि स्मरण गराए । विद्युतीकरणका साथै नेपालमा तापीय ऊर्जाको ८० प्रतिशत खपतलाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्न उद्योग मन्त्रालयलगायत अन्य निकायहरूसँग अन्तर-मन्त्रालय समन्वय गरी काम गरिने उनले बताए । 

पुस्तक विमोचन, पुरस्कार तथा सम्मान 

सोही समारोहमा केन्द्रको तीन दशकको यात्रा र प्रगति विवरण समेटिएको ‘थ्री डिकेड्स अफ एइपिसी’ नामक संस्मरण पुस्तिका प्रमुख अतिथि मन्त्री विराजभक्त श्रेष्ठले विमोचन गरे ।  

कार्यक्रममा भोटेकोसी बाढी प्रभावित क्षेत्रमा ऊर्जा सहयोग पुर्‍याउने आरसा इनर्जी, नेपाल सौर्य विद्युत् उत्पादक संघ (सोपान), हक्स पावर र सूर्योदय ऊर्जालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

त्यसैगरी, चुकेनी साना जलविद्युत् सहकारी (जुम्ला), रेडियो सगरमाथा, सहारा नेपाल साकोस तथा साझेदार देवानगञ्ज, पलाता र से फोक्सुण्डो गाउँपालिकालाई सम्मान गरिएको थियो । 

वार्षिकोत्सवका अवसरमा नगद ५० हजार राशिको ‘सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार’ बाट ३ वटा संस्थालाई प्रदान गरिएकाे थियो । जसमा मुसहर समुदायका २५ महिलालाई रोजगारी दिने सौर्य सिँचाइ उपभोक्ता समिति (सौर्य ऊर्जा), पेलेट चुलो प्रवर्द्धक टी थ्री थकाली ग्रुप (जैविक ऊर्जा) र कालिकोटको ११ किलोवाटको भेटुला खोला जलविद्युत् उपभोक्ता समिति (लघु जलविद्युत्) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३