विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष
जलविद्युत् आयाेजनामा बाढीपहिराेकाे असर

काठमाडौँ । बाढी पहिरोले क्षतिग्रस्त खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड अन्तर्गतका दुवै विद्युत् उत्पादन केन्द्र सञ्चालमा आइसक्न अझै ६ महिना लाग्ने भएको छ । गत असोज ११ र १२ गते भिषण वर्षापछि आएको बाढी पहिरोले दुवै केन्द्रका संरचनामा मात्रै झण्डै २५ करोड रुपैयाँ बराबरको क्षति भएको छ र दुवै केन्द्रको २ महिनामा विद्युत् बिक्रीबाट हुने झण्डै ३ करोड रुपैयाँ आम्दानी पनि गुमेको पुर्‍याएको प्रवर्द्धक कम्पनीले जनाएको छ ।  

बाढी पहिरोले ४.३६ मेगावाटको टुंगुन ठोस्ने र यसैको क्यास्केड जलविद्युत् केन्द्रका रूपमा सञ्चालन हुँदै आएको २ मेगावाटको खानीखोला जलविद्युत् केन्द्रमा क्षति पुर्‍याएको थियो । ललितपुरमा रहेका दुवै जलविद्युत् केन्द्रका क्षतिग्रस्त संरचनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको हुँदा २०८२ को वैशाख अन्तिमसम्ममा दुवै केन्द्रबाट  विद्युत् उत्पादन सुचारु गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भरत लामिछाने थापाले ऊर्जा खबर सँग बताए । 

उनका अनुसार बाढीले दुवै उत्पादन केन्द्रका विद्युत् गृह डुबेको थियो । त्यस्तै, प्रसारण लाइनको टावर ढलेको, स्वीर्चयार्ड, बाँध, हेडरेस सुरुङ तथा र पहुँचमार्गमा क्षति भएको छ । 

जलविद्युत् केन्द्रबाट २०७३ सालदेखि विद्युत् उत्पादन हुँदै आएको थियो । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३