विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
जलविद्युत आयोजना बनाउन कर्णाली नदीमा गोल्यान समूहको प्रवेश 

काठमाडौं । गोल्यान समूहले प्रवर्द्धन गर्न लागेको ४४१ मेगावाटका दुई आंशिक जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत अध्ययन जर्मनीको ट्र्याकटेबेल इन्जिनियरीङ कम्पनीले गर्ने भएको छ । ट्र्याकटेबेलले ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली र १३५ मेगावाटको नाम्लाङ खोलाको अध्यययन गर्ने भएको हो ।

यी दुई आयोजनाको विस्तृत इन्जिनियरीङ अध्ययन २० महिनाभित्र सम्पन्न गरी प्रतिवेदन समेत तयार गर्ने गरी सम्झौता भएको छ । माथिल्लो मुगु कर्णालीको प्रवर्द्धक एलिवेट इनर्जी प्रालि र नाम्लाङ खोलाको प्रवर्द्धक एपोलो इनर्जी प्रालि र ट्र्याकटेबेल इन्जिनियरिङबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा गोल्यान समूहकोतर्फबाट ऊर्जा डिभिजनका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्याल र गोल्यान समूहका प्रबन्ध निर्देशक अक्षय गोल्यान र ट्र्याकटेबेलका तर्फबाट नेपाल शाखा प्रबन्धक कास्टर्न गुनर्टमनले हस्ताक्षर गरे ।

यी दुई आयोजनाको विस्तृत अध्ययन गर्न अमेरिकी वित्तीय संस्था अन्तर्राष्ट्रिय डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डिएफसी) बाट आर्थिक अनुदान सहयोग प्राप्त गरिसकेको गोल्यान समूहले जनाएको छ । समूहका अनुसार अमेरिकाले नेपालमा निजी क्षेत्रका जलविद्युत आयोजनाको अध्ययनका लागि भनेर पहिलो पटक अनुदान दिएको हो ।

अप्पर मुगु कर्णाली मुगुको मुगुम कार्मारोङ गाउँपालिका–३ मा प्रस्ताव गरिएको छ ।  आयोजना पूरा भएपछि सुक्खायाममा पिक ऊर्जा २०९.३९ गिगावाट घन्टा, सुक्खा अफ पिक ऊर्जा २७९.३९ गिगावाट घन्टा र बर्खायाममा ११४०.४७ गिगावाट घन्टा उत्पादन हुनेछ ।

नाम्लाङ खोला पनि मुगु नै निर्माण हुनेछ । आयोजनाबाट सुक्खायाममा २५६. ३७ गिगावाट घन्टा र बर्खायाममा ५१४.८३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

यो समूहले जलविद्युत सँगै सौर्य ऊर्जामा पनि लगानी गरेको छ । सन् २०३० सम्म जलविद्युत र सौर्य गरी ९०० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणाली जोड्ने गोल्यान समूहको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३