विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ११, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

छेवर (रामेछाप) । रामेछापकाे उच्च हिमाली क्षेत्रमा निर्माण हुने ५७.५ मेगावाटको नुप्चे–लिखु जलविद्युत आयोजनाको निर्माण औपचारिकरूपमा सुरु भएको छ । निर्माणपूर्वका काम पूरा गरी आज मंगलबार (असोज १२ गते) सुरुङ खन्न विष्फोटक पदार्थ पड्काएर सिभिल निर्माणको औपचारिक सुरुवात गरिएको हो ।

नेपाली सेनासँगको समन्वय तथा सहयोग र नेपाल प्रहरीको समेत उपस्थितिमा आयोजनाको प्रवद्र्धक भिजन इनर्जी एन्ड पावर लिमिटेडका अध्यक्ष टिएन आचार्यले विष्फोटक पर्दाथ पड्काउन बटन थिचेर निर्माणको औपचारिक सुरुवात गरेका थिए । उक्त समारोहमा कम्पनीका सञ्चालकहरू डा. मधु देवकोटा, राजेश श्रेष्ठ, देशबन्धु कार्की, डोरप्रसाद उपाध्याय लगायत उच्च पदाधिकारीको उपस्थिति रहेको थियो ।

मंगलबार विद्युतगृह निर्माणस्थल लिखु खोलाको किनार गोण्डाखर्क र भर्टिकल साफ्ट (ठाडो सुरुङ) छेवरमा विष्फोटक पदार्थ पट्काइएको छ । बुधबारदेखि दैनिक २–३ वटा ब्लास्ट गर्दै सुरुङ निर्माणलाई तीव्रता दिने आयोजनाको योजना छ । उच्च हिमाली क्षेत्र भएकाले गर्मी मौसम छोपेर लक्षित काम पूरा गर्नुपर्ने चुनौती देखिन्छ ।

सिभिल निर्माणको ठेक्का पाएको सोनाम इन्फ्रास्ट्रक्चर कम्पनीले अब निर्माणलाई तीव्रता दिनुपर्ने अध्यक्ष आचार्यले बताए । ‘कोरोना महामारीका कारण हाम्रो निर्माण तालिकामा केही असर परेको छ तर हामीले त्यसको परिपूर्ति गर्ने योजनाका साथ काम गर्नुपर्छ,’ उनले भने, ‘अबको ३ वर्षमा आयोजनाबाट विद्युत उत्पादन गर्नुपर्छ, त्यही तालिका अनुसार ठेकेदारले काम गर्नुपर्छ । ठेकेदारका लागि आवश्यक समन्वय तथा सहजीकरणमा आयोजनाले पूर्ण सहयोग गर्ने उनको भनाइ थियो ।

नुप्चे–लिखु सम्भवतः निजी क्षेत्रले अहिलेसम्म निर्माण गरिरहेका मध्ये सबैभन्दा उच्च हिमाली क्षेत्रमा निर्माण हुन लागेको आयोजना हो । यसको बाँध समुद्र सतहदेखि ३३४० मिटर उचाईमा र विद्युतगृह करिब २६०० मिटरमा निर्माण हुने गरी अध्ययन तथा डिजाइन गरिएको छ ।

निर्माणलाई तीव्रता दिने ठेकेदार, स्थानीयबासी, सुरक्षाकर्मी लगायत निकायसँग निरन्तर समन्वय गरेर काम गरिने कम्पनीका महाप्रबन्धक रमेश अधिकारीले बताए । ‘हामीले हिजोका दिनमा पनि स्थानीयबासीसँग पर्याप्त समन्वय गर्दै आएको हो, उहाँहरूबाट सहयोग भएकै छ,’ उनले भने, ‘दुई वर्षभित्र ८० प्रतिशत र बाँकी अवधिमा सम्पूर्ण काम सक्ने हाम्रो लक्ष्य छ ।’

अधिकारीका अनुसार लिखुकाे बाँधसम्म पुग्न करिब ६ किलाेमिटर र नुप्चेकाे बाँधसम्म पुग्न ३ किलाेमिटर  पहुँचमार्ग निर्माण गर्न बाँकी छ । अबकाे करिब १ महिनामा दुवैतर्फकाे पहुँचमार्गकाे काम पूरा गर्ने याेजनाका साथ काम भइरहेकाे उनले बताए ।

कम्पनीका अनुसार नुप्चेको छाँगे र लिखु खोलाको गोण्डाखर्कमा आयोजनाको बाँध निर्माण गर्ने गरी अध्ययन गरिएको छ । आयोजनाका लागि निर्माण हुने ८.२ किलोमिटर सुरुङ मध्ये नुप्चेतर्फबाट १६ सय ७७ मिटर र लिखुतर्फबाट १४ सय ३६ मिटर सुरुङ खनेर ल्याएको पानी एकै विन्दुमा मिसाइनेछ ।

सोही विन्दुबाट पुनः ३२ सय ५ मिटर मुख्य सुरुङ खनिन्छ । त्यहाँबाट ३ सय मिटर ठाडो सुरुङ र १६ सय मिटरको पेनस्टक सुरुङबाट पानी विद्युतगृहमा खसाल्ने योजना छ ।

हिमाल पानीको स्रोत भएकाले पनि वार्षिक ३ सय ८१ गिगावाट प्रतिघन्टा ऊर्जा (३८ कराेड १० लाख युनिट) उत्पादन हुने अध्ययनले देखाएको छ । क्यू४५ मा डिजाइन गरिएको आयोजनाबाट पहिलो वर्ष २ अर्ब ३५ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ ।

विद्युतगृहदेखि २४ किलोमिटर टाढा प्राधिकरणले निर्माण गर्ने गर्ज्याङ सबस्टेसनमा उत्पादित विद्युत जोडिनेछ । सबस्टेसनसम्मको १३२ केभी प्रसारण लाइन कम्पनी आफैंले निर्माण गर्नेछ । आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले पनि ५० करोड रुपैयाँ स्वपुँजी लगानी गर्ने निर्णय गरेको छ ।

निजी क्षेत्रले निर्माण गर्ने आयोजनामा सरकारी कम्पनीले स्वपुँजी लगानी गर्न सम्झौता गरेको यो पहिलो आयोजना हो । यही कारण आयोजना बढी प्रतिफलयुक्त, कम जोखिमपूर्ण र दक्ष व्यवस्थापन तथा सुशासनयुक्त रहेको आचार्यको दाबी छ ।

१० अर्ब ५७ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी छ । नुप्चे–लिखुमा माछापुच्छ्रे बैंकको नेतृत्व तथा हिमालयन बैंकको सह–नेतृत्वमा बैंक अफ काठमान्डू, राष्ट्रिय वाणिज्य बैंक, कुमारी, कृषि विकास, एनसिसी लगायत ९ बैंकले लगानी गर्ने टुंगो लागेको छ । बैंकको लगानी फिर्ता अवधि अर्थात् पे ब्याक पिरियड करिब ५ वर्ष रहेको वित्तीय सूचकांक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३