विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीले निर्माण गरिरहेका ४ आयोजनाबाट अबको करिब १३ महिनाभित्र ६२४ मेगावाट विद्युत् प्रणालीमा जोडिने भएको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी सहित चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेका ३ आयोजना निर्माणको अन्तिम चरणमा छन् ।

४५६ मेगावाटको माथिल्लो तामाकोसीको निर्माण यही वर्षको चैतभित्र पूरा गर्ने लक्ष्य छ । अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले चैतभित्र ७६ मेगावाटका ६ युनिटमध्ये एउटाबाट विद्युत् उत्पादन हुने दाबी गर्दै आएको छ । चैतभित्र पूरा नभए पनि चालू वर्षको अन्त्यसम्म तामाकोसी पूरा हुने संकेत देखिन्छ ।

माथिल्लो तामाकोसी पूरा भए पनि यसको विद्युत् बोकेर जोड्ने ठाउँ २२०/१३२ केभी न्यू खिम्ती सबस्टेसन निर्माण हुन सकेको छैन । यद्यपि, चालू आवसम्म सबस्टेसन तयार हुने कम्पनीले जानकारी दिएको छ । आउने बर्खाभित्र तामाकोसी प्रणालीमा जोडिए यसको विद्युत् कहाँ खपत गर्ने भन्ने चुनौती भने छदैछ ।

यसैगरी, चिलिमेले रसुवामा निर्माण गरिरहेका १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन र १११ मेगावाटको रसुवागढीबाट अबको १३ महिनामा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । यी आयोजना यसअघि नै पूरा हुनुपर्ने भए पनि यसबीचमा महाभूकम्प, भारतले गरेको नाकाबन्दी, भोटेकोसी नदीमा आएको बाढी पहिरो तथा पछिल्लो समय विश्वव्यापि फैलिएको कोरोना महामारीका कारण निर्माण अवधि लम्बिँदै गएको छ ।

गत साता आयोजनास्थलको अवलोकन भ्रमणमा गएका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले २०७९ सालको बैशाख १ गतेभित्र निर्माण पूरा गरी विद्युत् उत्पादन गर्नुपर्ने लक्ष्य दिएका छन् । यस अवधिभित्र चिलिमे–त्रिशूली ३ बी हब प्रसारण लाइन समेत पूरा हुने उनको भनाइ छ ।

‘माथिल्लो सान्जेन २०७८ पुससम्म पूरा भइसक्छ, यस्तै सान्जेन त्यही वर्षको चैतसम्म सकिन्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘२०७९ को बैशाख १ गते रसुवागढीबाट विद्युत् उत्पादन गर्ने गरी काम गर्न निर्देशन दिइएको छ ।’ यी तीन आयोजना पूरा हुँदासम्म बिजुली बोक्न प्रसारण लाइनसमेत बन्नुपर्छ ।

प्रसारण लाइन निर्माण गर्नुपर्ने केही क्षेत्रको भौगोलिक अवस्था निकै जटिल रहेको भए पनि तोकिएको समयभित्र पूरा गर्नुपर्ने चुनौती रहेको शाक्यले बताए । ‘विकट ठाउँ र जटिल भौगोलिक अवस्था भएकाले रोप वे निर्माण गरेर वा हेलिकोप्टरबाट सामान लैजानुपर्छ,’ उनले थपे, ‘जे जस्तो समस्या आइपरे पनि अबको करिब १ वर्षभित्र हामी काम सक्छौं । त्यही अनुसार तत्तत्का आयोजनालाई निर्देशन दिइएको छ ।’

प्राधिकरणका सहायक कम्पनीहरू तनहुँ हाइड्रो पावर लिमिटेड, भोटेकोसी र रघुगंगा हाइड्रो पावर कम्पनीले क्रमशः १४० मेगावाटको तनहु, १०२ मेगावाटको मध्यभोटेकोसी र ४० मेगावाटको राहुघाट निर्माण गरिरहेका छन् । यी आयोजनाबाट भने अझै ३–४ वर्ष विद्युत् उत्पादन हुने सम्भावना छैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit