विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक २०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गर्मी बढ्दै र मध्य बैशाखसम्म पनि आकासबाट पानी नपरेपछि अहिले सबैभन्दा बढी नेपाल विद्युत् प्राधिकरण समस्यामा परेको छ । तराई होस् वा पहाड व्यापकरूपमा गर्मी बढेको छ । यो समयमा विद्युत्को माग र आपूर्तिबीच सन्तुलन मिलाउन प्राधिकरणलाई भने हम्मे–हम्मे परेको छ ।

निरन्तर बढिरहेको गर्मीका कारण विद्युत् माग गत वर्षभन्दा झन्डै दोब्बर बढेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘गत आर्थिक वर्षको अधिकतम विद्युत् खपत करिब २४००० हजार मेगावाट घन्टा थियो तर यस पटक बैशाखमै २८५०० मेगावाट घन्टाभन्दा बढी पुगिसक्यो,’ उनले ऊर्जा खबरसँग भने, ‘यसको तुलनामा माग करिब २० प्रतिशत बढेको देखिन्छ ।’

यही समयमा सुख्खा वा खडेरी परेको छ । खोला–नालामा पानी सुक्दै गएको हुँदा स्वदेशी नदी प्रवाही वा अर्धजलाशय आयोजनाबाट विद्युत् उत्पादन बढ्न सकेको छैन । फलतः आयात ह्वात्तै बढेको छ । प्राधिकरणका अनुसार गत वर्ष बैशाख १४ गते भारतबाट १४३ मेगावाटमात्र विद्युत् आयात भएको थियो । तर, यो वर्ष ८४७ मेगावाट आयात भएको छ ।

गत वर्ष कोरोना महामारीका कारण उद्योगधन्दा चलेका थिएनन् । गार्हस्थ माग केही बढी थियो । अन्य क्षेत्रमा खासै थिएन । गत वर्ष बैशाख १४ गते (मंगलबार) को उच्च माग जम्मा ८८१ मेगावाटमात्र रहेको प्राधिकरणले उल्लेख गरेको छ । यस वर्ष सोही दिन काठमाडौं उपत्यकाको उच्च २९० मेगावाट र न्यून माग ८८ मेगावाट थियो । जबकि, गत वर्ष सोही दिनको उच्च माग २२२ मेगावाट थियो ।

गर्मी बढ्नु र आन्तरिक उत्पादनमा सुधार हुन नसक्नुले भारतबाट आयात हुने विद्युत्को परिमाण पनि बढ्नु असामान्य होइन । प्राधिकरणका अनुसार मंगलबार उच्च माग रहेको समयमा प्राधिकरण र निजी क्षेत्रको उत्पादन क्रमशः ४०९ मेगावाट र १९९ मेगावाट थियो ।

मंगलबारको उच्च माग १४५५ मेगावाट र आधार माग (सामान्य) १००९ मेगावाट थियो । उच्च मागको समयमा ५८ प्रतिशतभन्दा बढी विद्युत् भारतबाट आयात भएको देखिन्छ । यता ७७२ मेगावाट जडित क्षमता पुगेको निजी क्षेत्रले २५.७७ प्रतिशतमात्र विद्युत् उत्पादन गरेको छ ।

प्राधिकरणका अनुसार गत आवको बैशाख १४ गते प्राधिकरणको उत्पादन ७५४२ मेगावाट घन्टा थियो भने यस वर्ष सोही दिनको उत्पादन ५५३१ मेगावाट घन्टा छ । यस्तै, गत वर्ष सोही दिन निजी क्षेत्रको उत्पादन ६६८७ मेगावाट घन्टा रहेकोमा यस वर्ष ४५२५ मेगावाट घन्टा छ ।

यसैगरी, भारतबाट आयात गरिएको परिमाण गत वर्ष सोही दिन ५११ मेगावाट घन्टा रहेकोमा चालू वर्ष १८२३६ मेगावाट घन्टा छ । चालू वर्ष मंगलबार २५० मेगावाट घन्टा बराबरको विद्युत् ट्रिपिङ भएको छ ।

ऊर्जाका हिसाबले गत वर्ष बैशाख १४ गते १४७४० मेगावाट घन्टा आपूर्ति भएकोमा यस वर्ष २८५४२ मेगावाट घन्टा आपूर्ति भएको छ । सोही दिन गत वर्ष प्राधिकरणका जलाशयबाट २४३ मेगावाट घन्टा विद्युत् आपूर्ति भएकोमा यस वर्ष १०२५ मेगावाट घन्टा आपूर्ति गरिएको छ । गत वर्ष १४ गतेकै दिन कुलेखानी जलाशयमा पानीको सतह १५१२.७९ मिटर थियो भने यस वर्ष सोही दिन १५०४.७८ मिटर छ ।

कोरोना महामारीको संक्रमण बढिरहेको समयमा उद्योगधन्दा तथा कलकारखाना पूर्ण क्षमतामा सञ्चालन भइरहेको देखिँदैन । यद्यपि, यसरी माग बढ्दै जानुलाई तराईका क्षेत्रमा चुहावट बढिरहेको आशंका गरिएको छ । तर, तथ्यांकले चुहावटको अंक बढेको नदेखाएको कार्यकारी निर्देशक शाक्यले बताए ।

उनका अनुसार गत आवको फागुनमा वितरणतर्फको चुहावट १०.२७ प्रतिशत रहेकोमा चालू वर्ष सोही महिनामा १०.०८ प्रतिशत थियो । चैतमा भने गत वर्षकै हाराहारीमा रहने अनुमान छ । चालू आवको बैशाखमा कोरोनाका कारण सरकारले गरेको निषेधाज्ञाका कारण चुहावट बढ्न सक्ने प्राधिकरणको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३