विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पाँच दशकभन्दा लामो समयदेखि जलविद्युत उत्पादन तथा वितरण गर्दै आएको बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) साधारण क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले गरेको अध्ययनमा आर्थिक वर्ष २०७७/७८ (२०२०/२१) मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्था वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनमा उत्कृष्ट सावित भएकोले उक्त अवार्डबाट सम्मान गरिएको हो ।

काठमाडाैंमा आयोजित एक कार्यक्रममा महालेखा नियन्त्रक सुमन राज अर्याल र आइक्यानका अध्यक्ष युद्धराज ओलीले संयुक्त रुपमा बिपिसीका प्रमुख कार्यकारी अधिकृत उत्तर कुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

यस अवार्डले आगामी दिनहरूमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कम्पनीले जनाएको छ । कम्पनीको परिष्कृत बार्षिक प्रतिवेदनले साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (साफा) ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने उत्कृष्ट बार्षिक प्रतिवेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्ने भएको छ ।

कम्पनीले हाल ९.४ मेगावाट र १२ मेगावाट क्षमताका २ जलविद्युत केन्द्रहरूबाट विद्युत उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाची जिल्लाका करीव ६० हजार ग्राहकहरूलाई विद्युत वितरण गर्दै आएको छ ।

यस्तै, सञ्चालनमा रहेको ६० मेगावाटको खिम्ती, ३० मेगावाटको न्यादी र ४ मेगावाटको खुदी जलविद्युत आयोजनामा पनि कम्पनीको लगानी छ । पूर्ब निर्माणको चरणमा रहेका मर्स्याङदी बेसिनका करिब ६०० मेगावाटको तीनवटा जलविद्युत आयोजनाहरूमा समेत कम्पनीकाे लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit