विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बाँके । वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिका-४ सिधनवा घाटस्थित राप्ती नदीमा पानीको बहाव बढ्दै गइरहेको छ तर स्थानीयलाई त्यसको पर्वाह छैन । पानीसँगै बगेर आएका दाउरा जम्मा गर्न राप्ती नदी किनारमा स्थानीयको भीड लागेको छ ।

दाउरा जम्मा गर्न गाउँपालिकाका विभिन्न स्थानमा सयौँ स्थानीय शनिकार बिहानैदेखि दिनभर व्यस्त रहे । दाउरा संकलन गर्न पानीमा रुझ्दै गरेका बालबालिकादेखि युवा,ज्येष्ठ नागरिकसम्मको घुइँचो देख्न सकिन्थ्यो । स्थानीयले लौरो (लामो कैँची लौरो) बनाएर त्यसैको सहयोगबाट नदीका दाउरा तानिरहेका देखिन्थे । 

डुडुवा-४ का पल्लवी वर्माले बिहान ११ बजेदेखि दाउरा जम्मा गर्न नदी किनारामा आएको बताइन् । उनले अहिलेसम्म करिब आठ क्विन्टल दाउरा जम्मा गरेको बताइन् । वर्माले संकलन गरिएका मध्ये ठूला दाउरा बिक्री गर्ने र साना दाउरा घरमै प्रयोग गर्ने गरेको सुनाइन् ।

वर्मा जस्तै सोही गाउँपालिका-६ का गौरी यादव नदीबाट दाउरा झिक्न दुई सन्तानसहित नदी छेउमा देखिइन् । 'घरमा लोग्ने मान्छे कोही पनि छैनन्, त्यसैले ज्यानको बाजी लगाएर दाउरा झिक्नु परिरहेको छ', उनले भनिन्, 'बग्दै गरेको नदीबाट दाउरा झिक्न सजिलो छैन नि! तर पनि दाउरा जोहो नगरेर हुँदैन ।' गौरीले शनिबार करिब नौ क्विन्टल दाउरा जम्मा गरेको बताइन् ।

स्थानीय शेखर अन्सारी पनि बिहानै सपरिवार राप्ती नदीमा पुगे । उनीसँगै सात वर्षीया छोरी र नौ वर्षीय छोरासहित वृद्ध आमाबुबासमेत थिए । शनिबार दिनभर १२ क्विन्टल जति दाउरा निकालेको र त्यसमध्ये केही बेच्ने योजना रहेको उनले सुनाए ।

जति सम्झाउँदा पनि स्थानीयले जोखिम मोलेर दाउरा निकाल्न नछाडेपछि सम्भावित दुर्घटनालाई मध्यनजर गरी यस क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेडक्वाटर बागेश्वरी बाँकेबाट प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको तालिम प्राप्त उद्धार टोली तैनाथ गरिएको छ ।

गणले सशस्त्र प्रहरी निरीक्षक ललित शाहीको नेतृत्वमा आवश्यकसामग्रीसहित उद्धार टोली खटाएको हो ।

'नदीको सतह क्रमशः बढ्दै गएको छ, दाउरा जम्मा गर्न सयौँ नागरिकको भीड लाग्ने गरेको छ', सशस्त्र प्रहरी निरीक्षक शाहीले भने, 'हामी बिहान १० बजेदेखि यहाँ ड्युटी गरिरहेका छौँ । सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै स्थानीयलाई नदीमा पस्न भने दिएका छैनौँ। कुनै दुर्घटना भइहालेमा उद्धार सामग्रीसहित २५ जनाको तालिम प्राप्त उद्धार टोली तत्काल परिचालन हुन्छौँ ।'

उनका अनुसार कुसुममा रहेको बाढी मापन केन्द्रले नदीको अवस्थाका बारेमा गणमा जानकारी गराउने र तालिम प्राप्त उद्धार टोली जोखिमयुक्त स्थानहरूमा तुरुन्तै परिचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३