विद्युत अपडेट

  • प्राधिकरण : ७६३३ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६०१ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२१६२ मे.वा.घन्टा
  • आयात : ११८६२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३६८१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८०१ मे.वा.
२०८१ जेठ १, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
तेस्राे लगानी सम्मेलन–२०२४

काठमाडौँ । लगानी बोर्ड नेपालका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीकर्ताका लािग मुनाफा फिर्ता लैजान पाउने सुविधाको सुनिश्चितता गर्ने बताएका छन् । आइतबारबाट सुरु भएको तेस्रो संस्करणको लगानी सम्मेलन–२०२४ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

प्रधानमन्त्री दाहालले नेपालमा लगानीको असीमित सम्भावना रहेको हुँदा विदेशी लगानीकर्तालाई उत्साहित भएर लगानी गर्न आग्रह गरे । नेपालमा सदुपयोग हुन बाँकी अवसर पर्याप्त भएकोले सरकार लगानीकर्तालाई खुला हृदयले स्वागत गर्न तत्पर रहेको पनि बताए ।

‘सरकारले भर्खरै विभिन्न ८ वटा कानुन संशोधन गरी लगानीको सहज वातावरण बनाएको छ,’ उनले भने, ‘यी कानुनी प्रक्रियामा अपनाइएको खुकुलोपन, भारतसँग गरिएको विद्युत् व्यापार सम्झौता एवं चीन र बंगलादेशसँग भएको ऊर्जा विकासमा सहकार्य गर्ने समझदारीले विद्युत् क्षेत्रमा पर्याप्त लागनी भित्रिने विश्वास छ ।’ यस्ता व्यवस्थाले नेपालमा हुने विदेशी लगानीले मुनाफा कमाउन सक्ने उनको भनाइ छ । 

त्यस्तै, नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले पनि लगानीका लागि सम्भावनायुक्त देश भएको धारणा व्यक्त गरे । नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको भन्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको उद्घोष गरे ।

नेपालमा शान्ति र स्थायित्व कायम भई आर्थिक विकास र समृद्धिका अनुकूल वातावरण सिर्जना भएको बताउँदै प्रधानमन्त्री दाहालले संघीय शासन प्रणालीले राष्ट्रव्यापी सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकासको अवधारणा अघि बढाइरहेको बताए ।

‘नेपालले विदेशी लगानीकर्तालाई दोहोरो करबाट बच्ने व्यवस्था, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट करलगायतका धेरै प्रोत्साहनहरू प्रदान गर्दछ,’ प्रधानमन्त्री दाहालले भने, ‘नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई स्वीकृत गरेको छ, यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।’ उनले मित्र राष्ट्रहरूलाई द्विपक्षीय लगानी सम्झौतामा हस्ताक्षर गर्न आह्वान गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit