विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बाँकेको वैजनाथ गाउँपालिकाका स्थानीयबासीले १३२ केभी कोहलपुर–सुर्खेत प्रसारण लाइन आयोजनाको रुट बदल्न माग गरेका छन् । नेपाल विद्युत प्राधिकरणले भर्खरै निर्माण सुरु गरेको  प्रसारण लाइनको रुट परिवर्तन गर्नुपर्ने माग राखेका हुन् । 

गाउँपालिकाको वडा नम्बर–४ को नौवस्ता, वडा नम्बर-१ को चिसापानी र गाभर बस्तीको प्रसारण लाइनको रुट बदल्नुपर्ने स्थानीयबासीको माग छ । प्रसारण लाइनको संरचना निर्माण गर्दा बस्तीका ६० घरधुरीमा असर पर्ने हुँदा स्थानीयबासीले रुट परिवर्तन गर्नुपर्ने माग राखेको गाउँपालिका प्रमुख मानबहादुर रुचाल ठकुरीले बताए । 

उनले जग्गाधनीलाई थाहै नदिई प्रसारण लाइनको रुट निर्धारण गरिएकाले प्रभावित क्षेत्रका स्थानीयबासीले प्रमुख जिल्ला अधिकारीमार्फत सरोकारवाला निकायमा वैकल्पिक उपाय अपनाउन ज्ञापनपत्र बुझाएको बताए ।

प्राधिकरणले हालै मात्र यो प्रसारण लाइन निर्माणको काम सुरु गरेको थियो । प्रसारण लाइनको काम अबको २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । त्यस क्षेत्रको प्रसारण तथा वितरण प्रणाली सुधार गर्ने उद्देश्यले यो प्रसारण लाइनको निर्माण भइरहेको हो । 

यो प्रसारण लाइन निर्माण गर्न २०७७ साउनमा ठेकेदार नियुक्त गरिएको थियो । भारतको कम्पनी ‘आरएस इन्फाप्रोजेक्ट प्राइभेट लिमिटेड’ले प्रसारण लाइन निर्माणको ठेक्का पाएको छ ।  विद्युत पहुँच नपुगेका क्षेत्रमा विद्युतीकरण विस्तार गर्न सकिनेछ ।

२०६९ मा अध्ययन अनुमति लिई २०७५ मा अध्ययन पूरा गरिएको आयोजनाले २०७७ जेठ २९ गते विद्युत विकास विभागबाट उत्पादन अनुमति पाएको हो । कोहलपुरदेखि सुर्खेतसम्म कुल १ सय ४५ वटा पोल रहनेछन् । जसमा २६ वटा एंगल टावरको प्रस्ताव गरिएको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार आयोजना क्षेत्रको उचाइगत फरक १ सय ६० मिटरदेखि १ हजार १ सय १५ मिटरसम्म रहेको छ । 

प्रसारणलाइन मार्गमा बाँके राष्ट्रिय निकुञ्ज तथा यसको बफरजोन, बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसको बफर जोन तथा सामुदायिक र सरकारी वन पर्नेछ । त्यस्तै आयोजना कार्यान्वयन गर्दा बाँकेको कोहलपुर नगरपालिका र वैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका, सुर्खेतको भेरीगंगा, लेकबेसी र वीरेन्द्रनगर नगरपालिका प्रभावित हुनेछन् । आयोजनाको सुरुवाती लागत ७० करोड कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit