images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सवको कार्यक्रम चलिरहँदा समाचार संकलनका लागि गएका पत्रकारहरूले ‘रिपोर्टिङस्थल’मा प्रवेश गर्न पाएनन् । आज भदौ १ गते अपरान्ह नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थिति रहेको भन्दै धेरै पत्रकारहरूलाई हलभित्र प्रवेशमा रोक लगाइयो ।

सुरक्षाकर्मीले प्रज्ञा भवनको बाहिरैदेखि निकै कठाइका साथ सुरक्षाजाँच गरिरहेका थिए । सुरक्षा जाँचपछि बाहिरी ढोकाबाट भित्र प्रवेश गरिरहँदा प्रधानमन्त्रीको उपस्थिति रहेको र कार्यक्रम सुरु भइसकेको भन्दै धेरै पत्रकारलाई बाहिरबाटै फर्काइयो । उता, हलभन्दा बाहिर राखिएको टिभीको स्क्रिनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने भर्खर वार्षिक प्रतिवेदन पढिरहेको देखिएको थियो ।

कार्यकारी निर्देशकले वार्षिक कार्यक्रम तथा प्रगति विवरण पेश गरेपछि, प्रधानमन्त्री मात्र नरहेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, मन्त्रालयका सचिव लगायत उच्च ओहोदाका पाहुनाहरूले वक्तव्य राख्ने कार्यक्रम हुन्छ । प्राधिकरणका यसअघिका कुनै पनि वार्षिकोत्सवमा प्रधानमन्त्रीलाई उभ्याएर यस्तो प्रवृत्ति देखाइएको थिएन । प्रधानमन्त्री आउनुपूर्व जेजति पत्रकारहरू हलभित्र प्रवेश गरे, उनी आएपछि कसैले पनि प्रवेश पाएनन् ।

नेपाल पूर्वाधार डट कमका सम्पादक भीम गौतम, नागरिक दैनिकका हिमाल लम्साल, कमला अधिकारी सहित थुप्रै अनलाइन मिडियामा कार्यरत पत्रकारहरू हलभित्र प्रवेश गर्न नपाएपछि बाहिरैबाट फर्किएका थिए । प्रधानमन्त्री आउने कार्यक्रममा सुरक्षा जाँच कडा हुनुलाई स्वभाविक नै मान्नुपर्छ तर पत्रकार तथा उपस्थित व्यक्तिहरूलाई त्यही अनुसार व्यवस्थापन गर्न नसक्नु प्राधिकरणको लापरबाही मान्नुपर्छ । सम्भवतः प्राधिकरणको ३८ वर्षसम्मको वार्षिकोत्सवमा समाचार संकलन गर्न पत्रकारलाई निशेष गरिएको यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit