विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङस्थित २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत आयोजना जेठ अन्तिम सातादेखि निर्माणमा जाने भएको छ । बैंक तथा वित्तीय संस्थाको लगानी जुटिसकेको आयोजना अबको डेढ महिनाभित्र निर्माणमा जान लागेको हो ।

अहिले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक र कामदार बस्ने घरहरू निर्माण भइरहकेका छन् । पहुँच सडक र घर निर्माणको काम पूरा भएपछि आयोजनाको संरचना बनाउन सुरु गरिने प्रवर्द्धक सुपर खुदी हाइड्रो पावर कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले बताए ।

‘हाम्रो आयोजना स्थलमा काम सुरु भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘पहुँच सडक र आवासगृह बनिसकेपछि मुख्य सुरुङ खन्न सुरु गछौं ।’ उनले हेड ५३१ मिटर रहेकाले यो आकर्षक आयोजना भएको बताए ।

आयोजनाको ३५ सय २१ मिटर लामो मुख्य सुरुङ निर्माण हुने पनि उनले बताए । सतही विद्युतगृह निर्माण हुनेछ । विद्युतगृहमा १३–१३ मेगावाटका २ वटा उत्पादन युनिट रहने उनले जानकारी दिए ।

२०८० साल माघभित्र आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनामा बैंक तथा वित्तीय संस्थाको लगानी जुटिसकेको छ । बैंक अफ काडमाडौंको अगुवाईमा ग्लोबल आइएमई, मेगा, सिभिल र एनसिसी गरी ५ बैंकले लगानी गरेका छन् ।

४ अर्ब १९ करोड रुपैयाँ कूल लागत अनुमान गरिएको आयोजनामा बैंकले गर्ने लगानी ७० प्रतिशत हो । बैंकले ३ अर्ब ३ करोड रुपैयाँ लगानी गर्ने गरी कम्पनीसँग सम्झौता भइसकेको छ । १ अर्ब १६ करोड रुपैयाँ स्वपुँजी लगानी छ ।

कम्पनीले आयोजना निर्माण गर्न २०७५ जेठ १० मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेको थियो । पिपिए अनुसार आयोजनाले उत्पादन गर्ने विद्युत हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा प्राधिकरणले खरिद गर्नेछ ।

आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत विद्युतगृहदेखि ५ किलोमिटर दुरीको ताडीकुना सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक १३२ केभी प्रसारण लाइन कम्पनीले निर्माण गर्नेछ । आयोजनाले वार्षिक १३९.२२ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit