विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तेह्रथुममा निर्माण सम्पन्न ४.८ मेगावाटको खोरुङ्गा खोला जलविद्युत आयोजनाको परीक्षण भइरहेको छ । आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नु अघि संरचनाको परीक्षण भइरहेको हो ।

आयोजनाको सबै संरचनाको परीक्षण भइरहेको रिलायवल हाइड्रो पावर कम्पनीका इन्जिनियर तथा आयोजना इन्चार्ज केशव पाण्डेले बताए । उनका अनुसार आयोजनामा जडान भएको हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरणको परीक्षण भइरहेको हो ।

‘संरचनाको अवस्था ठिक छ कि छैन भनेर परीक्षण गरिरहेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘परीक्षण सकिएपछि आयोजनाबाट विद्युत उत्पादन सुरु हुन्छ ।’

उनले केही दिनमै परीक्षणको चरण पूरा गरेर विद्युत उत्पादनको तयारी गरिने बताए । आयोजनबाट २ सातासम्म परीक्षण उत्पादन गरेर नेपाल विद्युत प्राधिकरणलाई दिनेछ ।

आयोजना सञ्चालनमा आउँदा उत्पादन हुने विद्युत विद्युतगृहदेखि ४ किलोमिटर दुरीमा रहेको  जिरी–खिम्ती सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो । लाइनमा ८७ वटा पोल खडा गरिएको छ ।

आयोजनामा ३ हजार ८ यि ५३ मिटर हेडरेस र ३ सय २३ मिटर लामो पेनस्टक पाइप निर्माण गरिएको छ । आयोजनाको विद्युतगृहमा २ वटा उत्पादन युनिट छन् । आयोजनाको विद्युत यसअघि नै प्रसारण प्रणालीमा जोड्ने योजना अनुसार काम गरिरहेकोमा विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले गर्दा उत्पादन लम्बिएको पाण्डेले बताए ।

यस्तै, विभिन्न जिल्लामा निर्माण सम्पन्न भएका ४ जलविद्युत आयोजनाकाे पनि विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिन लागेकाे छ । सिन्धुपाल्चाेक, पाँचथर,संखुवासभा र नुवाकाेटमा निर्माण भएका यी आयोजनाकाे ५९ मेगावाट प्रसारण प्रणालीमा जाेडिन परीक्षण भइरहेको छ ।

३६ मेगावाटकाे माथिल्लाे बलेफी ‘ए’, ८ मेगावाटको माथिल्लो हेवा, १० मेगावाटको काबेली बी–१ क्यासकेड र ५ मेगावाटको तल्लाे तादी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न भइ  परीक्षण भइरहेको हाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit