विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ग्याग्दीको राघुगंगा गाउँपालिका वडा नम्वर ७ र ८ को माथिल्लाे ठूलो खोलामा निर्माणाधीन २२.५ मेगावाटको ठूलो खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाईमा कृषि विकास बैंक र माछापुछ्रे बैंकले लगानी गर्ने भएका छन् । बैंकहरूले कूल लगानीको ७५ प्रतिशत ऋण लगानी गर्ने भएका हुन् ।

आयोजना लगानी गर्नका लागि सोमबार (असोज २९ गते) बैंक तथा प्रवर्द्धक ठूलो खोला हाइड्राे पावर कम्पनीबीच सम्झौता भएको छ । लगानी सम्बन्धी सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष नरेन्द्र बल्लभ पन्त र सिटिजन्स बैंकका कन्सोर्टियम/पूर्वाधार बैंकिङ एकाइका प्रमुख रोसन मल्लले हस्ताक्षर गरे । आयोजनामा ३ अर्ब ९४ करोड रुपैयाँ लागत लागत अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ ।

सम्झौता कार्यक्रममा सिटिजन्स बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल, बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुमित बाबु खत्री, चिफ क्रेडिट अफिसर सुमन मुलापाती, कृषि विकास बैंकको तर्फबाट हरि अधिकारी, विश्व बन्धु भट्टराई, माछापुच्छ्रे बैंकको तर्फबाट अनिल सिवाकोटी साथै आयोजना कम्पनीको तर्फबाट चिफ अपरेटिङ्ग अफिसर नविन सिलवाल, वित्तीय प्रमुख प्रदिप खतिवडा र सिभिल इन्जिनियर प्रमुख सिवसागर यादवको उपस्थिति रहेको थियो ।

यो आयोजना म्याग्दीको राघुगंगा गाउँपालिका वडा नम्वर ७ र ८ को ठूलो खोला निर्माणाधीन छ । आयोजनाको ३४ प्रतिशत निर्माण सम्पन्न भइसकेको पन्तले बताए । ‘विद्युत खरिद सम्झौता (पिपिए) अनुसार आयाेजनाकाे काम २०८२ असोजभित्र सम्पन्न गर्नुपर्नेछ,’ उनले ऊर्जा खबरसँग भने, तर,  ‘तोकिएको तालिका भन्दा अगावै सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।’ अहिले आयोजनासँगै विद्युत् जोडिने लाइनको काम पनि तिव्र गतिमा भइरहेको छ ।

ठूलाे खाेला देव ग्रुप अन्तर्गत निर्माण भइरहेकाे छ । साथै यही ग्रुपकै स्वामित्व रहेको अर्को आयोजना टक्सार पिखुवाले विद्युत उत्पादन गरिरहेको छ । प्रवर्द्धक टक्सार पिखुवा हाइड्राे पावर कम्पनीले २ वर्ष अगाडि नै आयोजनाको काम सम्पन्न गरी विद्युत उत्पादन गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit