विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ४ स्थित दुर्गम गाउँ दलैचामा वहेखोला लघु जलविद्युत् आयोजना सञ्चालनमा आएसँगै पालिकाकाका सबै बास्तिहरूमा विद्युत्‌को पहुँच पुगेको छ । कुल ६४ लाख ५० हजार रूपैयाँको लागतमा सम्पन्न आयोजनाका लागि ऊर्जा डेभलपर्स अन्तर्गतको मेवा डेभलपर्स लिमिटेडद्वारा सोही गाउँपालिकामा निर्माणाधीन मध्यमेवा जलविद्युत् आयोजनाले करिब ५० प्रतिशत रकमको आर्थिक सहयोग उपलब्ध गराएको हाे ।

दलैचामा लघु जलविद्युत् आयोजना निर्माण गरी बिजुली बाल्ने योजना ११ वर्ष अघि बने पनि पर्याप्त बजेटको अभावमा सम्पन्न हुन सकेको थिएन । मेवा डेभलपर्सको सहयोगले योजना सम्पन्न भई बिजुली बाल्न पाएको ७५ वर्षीय स्थानीय भुपुसेन शेर्पाले बताए । 

गाउँमा बिजुली बलेसँगै विद्युतीय उपकरणको प्रयोगमा समेत सहजता प्राप्त भएको, आधुनिक प्रविधिको प्रयोगमा स्थानीयको पहुँच बढढेको र गाउँ नै अँध्यारो युगबाट उज्यालो युगतर्फ प्रवेश गरेको अनुभूति भएको उनको भनाइ छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार पालिकामा २ हजार ४७६ घरघुरी संख्या छ । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीका अनुसार पालिकाको वडा नम्बर १ र २ मा विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन मार्फत  र राष्ट्रिय प्रसारण लाईनको पहुँच नपुगेका वडा नं. ३, ४ र ५ मा लघु जलविद्युत् मार्फत विद्युत् वितरण गरिँदै आएको थियो । 

मेवा डेभलपर्सले दलैचाको लघु जलविद्युत् आयोजनासँगै पालिकाको अरु २ वटा सिम्बुक र किलिङ्ग लघु जलविद्युत् आयोजना सञ्चालनका लागि रु ६१ लाख ५० हजार रूपैयाँ सहयोग गरेको छ । यसरी पालिकाका सबै बासिन्दामा विद्युत्को पहुँच पुर्‍याउने अभियानमा साझेदार बनाउँदै विद्युतीय ऊर्जा मार्फत् बिजुली वितरण अभियान साकार पार्न महत्त्वपूर्ण सहयोग गरेको छ ।  

मेवा डेभलपर्सले मेरिङ्देन गाउँपालिकामा समेत मुनिङ खोला र लावा खोला लघु–जलविद्युत् आयोजना सञ्चालन तथा मर्मतको लागि ८ लाख ४८ हजार रूपैयाँ सहयोग गरेको छ । प्रभावित क्षेत्रमा लघु–जलविद्युत् आयोजनाहरू सञ्चालनका लागि समेत सामाजिक विकासका कार्यक्रम बजेट शीर्षकको करिव १२ प्रतिशत सहयोग गरेको छ ।

सो क्षेत्रमा २०७० साल देखि नै नेपाल सरकारको ९० प्रतिशत अनुदान र १० प्रतिशत स्थानीय सहभागितामा लघु जलविद्युत् मार्फत बिजुली बाल्ने कामको शुरूवात भएको थियो । 

सो समयमा साविक पापुङ गाविसका बासिन्दाले प्रतिधरघुरी ६० हजार रूपैयाँका दरले रकम संकलन गरी आयोजना सञ्चालनमा ल्याएका थिए । अहिले भने मध्यमेवा जलविद्युत् आयोजनाको सहयोगका कारण यस ठाउँका बासिन्दाले निःशुल्क बिजुली बाल्ने अवसर पाएको भन्दै  दलैचाबासी भाग्यमानी रहेको मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामाले बताए ।  

निर्माण पूरा भई उत्पादन शुरू भएपछि विद्युत् बिक्रीबाट प्राप्त हुने रोयल्टीले पालिकाको आम्दामीमा बढ्ने र अनुकुलको विकासका काममा गति दिन सकिने भएकोले मध्य मेवा जलविद्युत् आयोजना चाँडो सम्पन्न गराउन सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ । यो आयोजना मिक्वाखोला गाउँपालिकाको ३, ४  र  ५ तथा मेरिङ्देन गाउँपालिकाको ५ र ६ मा निर्माण भइरहेको छ । 

आयोजनाले सामाजिक विकास कार्यक्रमका लागि  प्रभावित क्षेत्रका जनप्रतिनिधि लगायतका सरोकारवाला निकायको उपस्थितिमा प्रभावित वडाहरूमा स्थानीय समुदायबाटै कार्यक्रम छनौट गराई सामाजिक विकास कार्यक्रमका सञ्चालन गर्न रकम विनियोजन गरेको थियो । त्यसै अनुसार सम्बन्धित वडाहरूले सरोकारवालाहरूसँग छलफल गरी सो रकमलाई शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, लघु जलविद्युत्, सिँचाइ, पर्या–पर्यटन, मठ–मन्दिर निर्माण आदि जस्ता कार्यक्रममा लगानी गरि रहेको कम्पनीले जनाएको छ । सो रकममध्ये प्रभावित क्षेत्रमा करिब ६५ प्रतिशत रकम बराबरका विभिन्न योजना तथा कार्यक्रमहरू सम्पन्न भइसकेको छ र बाँकी योजना कार्यान्वयनको चरणमा रहेको छ । 

करिब ७० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको यस आयोजनाले प्रभावित क्षेत्रको विकासका साथै त्यहाँका बासिन्दाको जीविकोपार्जन सुधार्न निर्माण चरणमा सामुदायिक विकास कार्यक्रम, प्रभाव न्यूनीकरण तथा अभिवृद्धि कार्यक्रमका योजनामार्फत विभिन्न काम गर्दै आएको छ । आयोजना  सञ्चालनमा आएपछि विद्युत् उत्पादन मार्फत विद्युत् प्राधिकरणको विद्युतीय वितरण प्रणाली सुदृढीकरणमा सहयोग गर्ने छ । साथै विद्युत् विक्रीबाट  उपलब्ध हुने रोयल्टीमार्फत प्रभावित क्षेत्रको विकासमा थप टेवा पुर्‍याउँदै जानेछ ।  

(email: [email protected]/लेखक आयोजनामा वातावरण तथा सामाजिक सुरक्षण व्यवस्थापकको रूपमा कार्यरत छन् ।) 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३