विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पाे आउन १ महिना बाँकी छँदै ५० प्रतिशत स्टल बुकिङ भइसकेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रूपमा वैशाख १२, १३ र १४ गते एक्स्पो आयोजना गर्न लागेका हुन् । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नाराका साथ भृकुटी मण्डपमा आयोजना गर्न लागिएकाे एक्स्पोका लागि २०० भन्दा बढी स्टल रहेकोमा बाँकी स्टल बुकिङ गर्न प्रस्ताव आइरहेको आयोजक संस्था इपानका अध्यक्ष गणेश कार्कीले ऊर्जा खबरलाई बताए । 

ऊर्जा उत्पादक, निर्माण सामाग्री ढुवानीकर्ता, परामर्शदाता, ठेकेदार र वितरकहरू सबैलाई एउटै छानामुनि ल्याएर यस क्षेत्रको विकास गर्ने लक्ष्यका साथ इपानले २०७४ सालदेखि एक्स्पो आयोजना गर्दै आएको छ । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको चौथो संस्करणको एक्स्पोमा करिब ५० प्रतिशत ऊर्जा क्षेत्रमा सक्रिय स्वदेशी कम्पनी र ५० प्रतिशत विदेशी कम्पनीको सहभागीता रहने अपेक्षा गरिएको उनले बताए । 

‘नेपालमा पनि पछिल्लो समय ऊर्जा क्षेत्रमा काम गर्ने कम्पनी निकै भइसकेका छन्,’ उनले भने, ‘त्यसमाथि यो एक्सपोमा ऊर्जा आयोजना निर्माणमा सघाउने डन्डी र सिमेन्टदेखि लिएर बैंक–वित्तीय संस्थासम्मले सहभागिता जनाउने छन् ।’ यही अनुपातमा स्टल बुकिङ भए स्टल माग गर्ने सबै कम्पनीले उपलब्ध गराउन गाह्रो पर्ने अवस्था समेत आउनसक्ने उनले बताए । उनले हाल नेपालको विद्युत्‌का लागि बजार सुनिश्चित भइसकेकोले यो एक्स्पो नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउने महत्वपूर्ण हुने बताए । 

‘सन् २०३५ भित्र १५ हजार मेगावाट विद्युत निर्यात गर्ने उद्देश्यसहितको २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने सरकारको लक्ष्य छ,’ उनले भने, ‘यसका लागि ४६ खर्ब लगानी आवश्यक पर्ने देखिएको छ । वर्षमा झण्डै ५ खर्ब लगानी ल्याउनुपर्ने अवस्था छ । यो एक्स्पोले त्यसका लागि सहयोगी भूमिका निर्वाह गर्न सक्छ ।’ सरकारले वैशाख १६ र १७ मा आयोजना गर्न लागेको लगानीसम्मेलनमा लगानी प्रतिबद्धता बढाउन समेत एक्स्पोले सहयोग गर्ने उनले बताए । 

एक्स्पोको पहिलो संस्करण २०७४ पुस २१ गतेदेखि २३ गतेसम्म र दोस्रो संस्करण २०७५ माघ ४ गतेदेखि ६ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको थियो । ती दुई एक्स्पोमा चीन, भारत, अष्ट्रिया, कोरिया, स्वीडेन, जर्मनी, बुल्गेरिया, बेलायतलगायत देशका उत्पादक, लगानीकर्तालगायत सरोकारवाला कम्पनीले सहभागीता जनाएका थिए । सुरुवाती संस्करणहरूमा ८५ देखि १०० को हाराहारीमा स्टल रहने गरेको भए पनि यसपटक स्टल संख्या दोब्बर पुग्ने अनुमान गरिएको छ । 

आयोजकका अनुसार एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकाय, विश्वविद्यालय र कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कुटनीतिज्ञ नियोगहरु, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण कम्पनी, बैंक, वित्त, बीमा, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतको उपस्थिति हुने बताइएको छ । 

त्यस्तै दिगो, समावेशी, हरित पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।

चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवाला एक्स्पोमा सहभागी हुने इपानले जनाएको छ । जलविद्युतका लगानीकर्ता, उत्पादक, इन्जिनियर लगायत यस क्षेत्रमा चासो राख्ने सबैका लागि जानकारीको केन्द्र बन्ने एक्स्पोमा ३ दिनको अवधिमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit