विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणकाे कोहलपुर वितरण केन्द्रले विद्युत महसुल संकलन काउन्टर खुल्ने  समय थप गरेको छ । केन्द्रले सेवाग्राहीको थप सुविधाका लागि भन्दै महसुल संकलन गर्ने अवधि दैनिक २ घन्टा थप गरेकाे हाे ।

विद्युत महसुल भुक्तानी गर्न आउने ग्राहकका लागि आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म  काउन्टर खुल्ला गरिने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार शुक्रबार भने बिहान ९ बजेदेखि २ बजेसम्म मात्र  महसुल संकलन काउन्टर खुल्ला हुनेछ । यसअघि बिहान १० बजेदेखि दिउसो २ बजेसम्म मात्रै केन्द्रकाे विद्युत महसुल संकलन काउन्टर खुल्ला हुने गरेको थियो ।

सरकारी, गैरसरकारी, औद्योगिक क्षेत्र एवं घरयासी लगायत सबै वर्गका ग्राहकलाई विद्युत महसुल भुक्तानी गर्नका लागि बिहान १ घन्टा र बेलुका १ घन्टा समय थप गरिएको केन्द्रले जनाएको छ । केन्द्रकाे कार्यलयबाट बढी दुरीमा रहेका ग्राहकका लागि उप–वितरण केन्द्र स्थापना गरी सेवा प्रवाह भइरहेको छ । केन्द्र अन्तर्गत ४० हजार बढी ग्राहकले विद्युत सेवा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit