विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रिभर फल्स पावर कम्पनी लिमिटेडले ३.४३ किलोमिटर लामो सिंगल सर्किट प्रसारण लाइनको काम ५ महिनाभित्र सम्पन्न गर्ने भएको छ । कम्पनीले कोशी प्रदेश अन्तर्गत संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा निर्माणधीन डाउन पिलुवा खोला साना जलविद्युत आयोजनाको स्वीचयार्डदेखि सोही जिल्लाको चैनपुर नगरपालिकामा रहेको नेपाल विद्युत प्राधिकरणको बानेश्वर सबस्टेसनसम्मको  २२०/३३ केभी प्रसारण लाइनको काम कात्तिक महिनािभित्र सम्पन्न गर्ने लक्ष्य राखेको हो ।

कम्पनीले आयोजना निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृत प्राप्त भए लगतै आयोजना निर्माण सुरु गरिनेछ ।  विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे ३५ दिनभित्र लिखित राय/सुझाव पेश गर्न आग्रह गरेको छ ।

३.३४ किलोमिटर लामो प्रसारण लाइनमा ६१ वटा पोलह्रुरू खडा गरिनेछ । पोलको उचाई ११ मिटर तथा पोलहरु बिचको औसत दुरी ४५ देखि ६० मिटरसम्म हुनेछ । आयोजना निर्माण गर्न करिब १.९७८ हेक्टर जमिन आवश्यक पर्नेछ ।

आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी, बायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय असरा नपर्ने गरी निर्माण गरिनेछ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit