images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लगानी बोर्ड नेपालको कार्यालय र एसियाली विकास बैंक (एडिबी) को सहकार्यमा सरकारका ९ मन्त्रालय तथा बोर्ड कार्यालयका अधिकारीहरू एवं परामर्शदाताहरूको दक्षता विकासका लागि चारदिने तालिम सुरु भएको छ ।

यस प्रशिक्षण कार्यक्रमले बोर्डमा कार्यरत जनशक्तिमा सार्वजनिक-निजी साझेदारीका परियोजनाकाे तयारी, स्ट्रक्चरिङ (सार्वजनिक-निजी साझेदारी सम्झौताका पक्षहरूबीच जिम्मेवारी र जोखिम बाँडफाँड र परियोजनाको वित्तीय संरचनाको निर्धारण), विकासकर्ता छनाेट तथा परियोजना व्यवस्थापन सम्बन्धी दक्षता अभिवृद्धि भई पिपिपीका नवीनतम अवधारणासहितका परियोजना कार्यान्वयनमा सहयोगी हुने अपेक्षा गरिएको छ ।

कार्यक्रमको शुभारम्भका क्रममा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्ड पिपिपी परियोजना कार्यान्वयनका लागि विशिष्टीकृत निकाय भएकाले ऊर्जा र गैरऊर्जा क्षेत्रका यस खालका परियोजना सफलतापूर्वक अघि बढाउन सजिलाे हुने बताए । 'परियोजना तयारी, जोखिम न्यूनिकरण, प्रोजेक्ट प्रोक्योरमेन्ट एवं कार्यान्वयन तथा सञ्चालनका सम्पूर्ण चक्रमा दक्षता र विशेषज्ञता आवश्यक पर्नेछ,' उनले भने, 'बोर्डले यस प्रकारका व्यावसायिक ज्ञान, दक्षता र विशेषज्ञता हासिल तथा उपयोग गर्दै पिपिपी परियोजनाहरूमा उपलब्धि हासिल गर्ने र उक्त ज्ञान, दक्षता, विशेषज्ञता तथा अनुभव संग्रहित गरी बोर्डलाई पिपिपी विशेषज्ञता केन्द्रको रूपमा विकास गरिनेछ ।'

बाेर्डका अनुसार पिपिपी सर्टिफिकेसन प्रोग्राममा आधारभूत चरण, तयारी चरण र कार्यान्वयन चरण गरी तीन चरण समावेश छन् । यी तीनै चरणका कार्यक्रममा सहभागी भई उक्त चरणहरू सम्बन्धित ज्ञान प्रदर्शन गरेमा सहभागीकाे प्रमाणपत्र प्रदान गरिने उल्लेख छ । अहिले आयोजना भइरहेको कार्यक्रम आधारभूत चरण अन्तर्गत हो, जसमा प्रशिक्षार्थीले पिपिपी परियोजनाको जानका एक जानकार सदस्यको रूपमा काम गर्नका लागि पर्याप्त ज्ञान र बुझाइ विकास गरिनुका साथै त्यसको परीक्षण गरी प्रमाणपत्र जारी गरिन्छ । व्यवसायिकताको प्रमाणपत्र प्राप्त गर्नका लागि यो चरणको ज्ञान र बुझाई पूर्वशर्तको रूपमा रहेको छ ।

कार्यक्रमको उद्‍घाटन सत्रमा एडिबीका नेपालस्थित मिसनका राष्ट्रिय निर्देशक आर्नो कोश्वा तथा प्रशिक्षक अमनदीप सिंहले समेत सम्बोधन गरेका थिए । एडिबीका राष्ट्रिय निर्देशक कोश्वाले पिपिपी सम्बन्धी ज्ञान र दक्षता अभिवृद्धी गरी त्यसलाई राष्ट्रिय र क्षेत्रीय परिदृश्यअनुसार अभ्यास गर्न सकिने उल्लेख गर्दै बोर्ड तथा सम्बन्धित मन्त्रालयहरूलाई पिपिपी सम्बन्धी क्षमता विकासमा यो तालिम कार्यक्रम प्रस्थान बिन्दू भएको बताए । आगामी दिनमा पिपिपी परियोजना सम्बन्धी अवधारणा, पिपिपी स्क्रनिङ, परियोजनाका लागि उपयुक्त मोडालिटी तथा ट्रान्ज्याक्सन एड्भाइजरी जस्ता बृहत् र गहन सहकार्य अघि बढाउन सकिने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit