काठमाडौं । कस्मिक इलेक्ट्रिकल लिमिटेडका अध्यक्ष महेश महताे विश्वको सर्वाेत्कृष्ट उदयीमान उद्यमीको रूपमा सम्मानित भएका छन् । नेपाली उद्यमी महतो बेलायती संसदकाे माथिल्लो सदन (हाउस अफ लर्डस) को लन्डन वेष्ट-मिनिष्टर भवनमा सम्पन्न एक कार्यक्रममा ‘उदयीमान उद्यमी अवार्ड’ द्वारा सम्मानित भएका हुन् ।
हाउस अफ लर्डसमा बर्सेनी योजना हुँदै आएकाे उक्त कार्यक्रममले विश्वव्यापी रूपमा ख्यातीप्राप्त नेता तथा व्यक्तित्वको योगदानको कदर स्वरूप उनीहरूलाई सम्मान गर्दै आएको छ ।
‘विश्वव्यापी उदयीमान उद्यमीको रूपमा याे सम्मान पाउँदा गौरवान्वित र कृतज्ञ छु, यो पुरस्कार कस्मिक इलेक्ट्रिकल लिमिटेडका सहकर्मीको योगदान हो,’ महतोले भने, ‘यो पुरस्कार वृत्ति-विकासमा कोशेढुङ्गाको रूपमा रहनेछ ।’
यो अवार्डले विश्वव्यापी पहिचान कायम राख्न सहयोग गर्ने भएकाेले विश्वका उदयीमान उद्यमीको रूपमा स्थापित हुनुका साथै अन्य व्यक्तिको प्रेरणाको स्रोत बन्न सहयाेग गरेकाे उनले बताए ।